आरटीएफआई भर्सनमा औपचारिक लन्च हुँदै टीभीएस अपाचे आरटीआर १६० फोरभी

काठमाडौं – नेपाली बजारका लागि भोलि बिहीबार टीभीएस अपाचे १६० फोरभीको आरटीएफआई भर्सन औपचारिक रुपमा लन्च गरिने भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले सो मोटरसाइकल लन्च गर्ने तयारी गरेको हो ।

अपाचे आरटीआर १६० फोरभी पहिले देखि नै उपलब्ध भए पनि अब भने बीएस६ भर्सनमा थप फिचर सहित सो मोटरसाइकल सार्वजनिक हुन लागेको हो । अन्य कम्पनीहरुले एफआई इन्जिन भन्ने गरेकोमा टीभीएसका मोटरसाइकल रेसिङ डीएनएबाट प्रेरित हुने भएकाले आरटी अर्थात रेस ट्युन्ड थपेर टीभीएसले आरटीएफआई भन्ने गरेको छ । आरटीएफआईको अर्थ रेस ट्युन्ड फ्युल इन्जेक्सन हो ।

आरटीएफआई प्रविधि भएकाले यसको पर्फमेन्स र माइलेज उत्कृष्ट हुने कम्पनीको भनाइ छ । यसमा पहिलो पटक रेन, अर्वान र स्पोर्ट्स गरी तीन राइडिङ मोड उपलब्ध रहेको छ ।

त्यसैगरी स्मार्ट कनेक्ट प्रविधि यसमा भएको अर्को नयाँ फिचर हो । यसमा भएको स्मार्ट कनेक्ट फिचरमार्फत चालकले आफ्नो स्मार्टफोनलाई ब्लुटुथसँग कनेक्ट गरी अल अलर्ट, एसएमएस अलर्ट, रेस टेलिमेट्री, टर्न बाई टर्न नेभिगेसन, लिन एंगल मोड जस्ता फिचर प्रयोग गर्न सक्छन् । यसको हेडलाइट पनि अन्य भन्दा फरक छ ।

सिंगल च्यानल एबीएस सहित उपलब्ध यो मोटरसाइकलमा १५९.७ सीसीको फोर स्ट्रोक, फोर भल्व इन्जिन रहेको छ, जसले स्पोर्ट मोडमा १७.५ पीएस पावर र १४.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा भएको ५–स्पिड गियरबक्सले पावरफुल राइडिङ अनुभव प्रदान गर्छ ।

टीभीएसले केही समय पहिले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको महाएक्सचेन्ज मेलामा यो मोटरसाइकल समेत अवलोकन र टेस्ट ड्राइभका लागि उपलब्ध गराएको थियो । त्यतिबेला यसको मूल्य ३ लाख ७९ हजार ९ सय रुपैयाँ भनिएको थियो । सायद यही मूल्यमा नै यो मोटरसाइकल लन्च गर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

यसरी नगद, फाइनान्स वा एक्सचेन्जमा लिन सकिन्छ बीएस६ अपाचे २०० फोरभी

यसरी नगद, फाइनान्स वा एक्सचेन्जमा लिन सकिन्छ बीएस६ अपाचे २०० फोरभी

टीभीएसले हालै नेपाली बजारमा उपलब्ध गराएको बीएस६ इन्जिनको अपाचे आरटीआर २००...

बिर्तामोडमा ‘एनटर्क ओनर्स ग्रुप’ राइड सम्पन्न

बिर्तामोडमा ‘एनटर्क ओनर्स ग्रुप’ राइड सम्पन्न

टिभिएस मोटरको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले बिर्तामोडमा...

टीभीएस एनटर्क ‘वुमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता घोषणा

टीभीएस एनटर्क ‘वुमन ईन कन्सर्ट ट्यालेन्ट हन्ट २०२४’ को विजेता घोषणा

काठमाडौं– निर्भया फाउण्डेसनद्वारा आयोजित टीभीएस एनटर्क ‘वुमन ईन कन्सर्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...