क्लासिक ३५० को क्रोम र डर्क एडिसन अटो शोमा

काठमाडौं– रोयल इन्फिल्डका दुई नयाँ मोटरसाइकल सार्वजनिक भएको छ । रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा रोयल इन्फिल्ड क्लासिक ३५० क्रोम एडिसन र क्लासिक ३५० डार्क एडिसन सार्वजनिक गरेको हो ।

कम्पनीले क्लासिक ३५० डार्कको मूल्य ५ लाख २५ हजार रुपैयाँ र क्रोमको ५ लाख ३० हजार रुपैयाँ तोकेको छ । दुवै भेरियन्टको बुकिङ समेत खुल्ला गरिएको छ ।

दुवै मोटरसाइकलमा डुअल डिस्कब्रेक छ भने स्पीड सेन्सर पनि राखिएको छ । यी मोटरसाइकलमा किक स्टार्ट हटाएर सेल्फ स्टार्ट सिस्टम राखिएको छ भने अन्य फिचरहरू केही परिवर्तन नगरी पुरानै यथावत राखेको छ ।

दुवै मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो । यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–ओयल कुल्ड, एसआएचसी एफआइ रहेको छ । उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.४८ बे्रकहर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ ।

टाइमलेस स्टाइलिङ डिजाइनमा रहेको यी मोटरसाइकलमा हेलोजन लाइट, एनालग डिजिटल इन्स्ट्रयुमेन्ट मिटर, यूएसबी चार्जिङ पोर्ट, लामो मेटल एक्जस्ट, वाइडर सीट, वाइडर टायर, ट्युबलेस टायर, स्पीड सेन्सर, टेलिस्कोपिक सस्पेन्सन र ट्वीन सक अब्जर्बार जस्ता फिचरहरू पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

यसरी ५ खर्बको कम्पनी बन्यो बन्द हुनै लागेको रोयल इन्फिल्ड

यसरी ५ खर्बको कम्पनी बन्यो बन्द हुनै लागेको रोयल इन्फिल्ड

प्रायः हामी आर्थिक दृष्टिबाट सफल कसरी हुने भनी सोचिरहेका हुन्छौँ ।...

रोयल इन्फिल्ड हन्टरको अर्को स्पाई तस्बिर सार्वजनिक, थप फिचरको भयो खुलासा

रोयल इन्फिल्ड हन्टरको अर्को स्पाई तस्बिर सार्वजनिक, थप फिचरको भयो खुलासा

रोयल इन्फिल्डले नयाँ मोटरसाइकल ‘हन्टर ३५०’ लन्च गर्ने तयारी गरिरहेको छ ।...

रोयल इन्फिल्डले बुलेट जत्तिकै बलियो इलेक्ट्रिक बाइक चाँडै नै लन्च गर्ने

रोयल इन्फिल्डले बुलेट जत्तिकै बलियो इलेक्ट्रिक बाइक चाँडै नै लन्च गर्ने

रोयल इन्फिल्डले केही समयमै आफ्नो इलेक्ट्रिक बाइक लन्च गर्न लागेको समाचार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...