रोयल इन्फिल्डको सबैभन्दा शक्तिशाली हिमालयन ७५० लन्च हुने तयारीमा

रोयल इन्फिल्डको हिमालयन ७५० लामो समयदेखि परीक्षणको क्रममा देखिँदै आएको छ। यद्यपि, कम्पनीले यसको आधिकारिक लन्चको मिति सार्वजनिक गरेको छैन। तर केही रिपोर्टका अनुसार सो बाइक अर्को महिनामा लन्च हुन सक्ने अनुमान गरिएको छ ।

हिमालयन ७५० र हिमालयन इलेक्ट्रिक फ्लाइङ फ्लीको प्रोडक्शन रेडी कन्टिनेन्टल जीटी७५० भर्सन लद्दाखको कठिन भूभागमा परीक्षण भइरहेको देखिएको छ । परीक्षणका क्रममा यी दुई बाइकसहित फ्लाइङ फ्ली पनि देखिएको थियो। यसबाट आगामी हिमालयन ७५० को बारेमा केही महत्वपूर्ण जानकारी सार्वजनिक भएको छ।

परीक्षण स्थलमा हिमालयन ७५० का दुई भेरिएन्टहरू देखिएको छ । एउटा रोड फोकस्ड भेरिएन्ट, जसमा सानो १९-इन्चको अगाडिको पाङ्ग्रा र अलोय ह्विल रहने अनुमान गरिएको छ, भने अर्को अफरोड फोकस्ड भेरिएन्ट, जसमा २१-इन्चको अगाडिको पाङ्ग्रा र ट्युबलेस स्पोक ह्विल हुने देखिन्छ।

नयाँ बाइकमा राउन्ड डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, अल-एलईडी लाइटिङ, टु-इन-वन एक्जस्ट सिस्टम र अन्य फिचर हुने अपेक्षा गरिएको छ। यसमा एडजस्टेबल फ्रन्ट र रियर सस्पेन्सन, एबीएस मोड, ट्र्याक्सन कन्ट्रोल र क्रुज कन्ट्रोल जस्ता सुविधा पनि थपिनेछ । यसमा भएको ७५० सीसी प्यारेलल ट्विन इन्जिनले करिब ५५ बीएचपी र ६५ एनएम टर्क उत्पादन गर्ने अनुमान छ।

रोयल इन्फिल्डले सो बाइकको मूल्य  ५ लाख ५० हजार देखि ६ लाख भारु बीचमा तय हुनसक्ने अनुमान गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...