पहिलो ‘हिमालयन ओनर्स राइड’ सम्पन्न, २५ बढी मोटरसाइकल सहभागी
काठमाडौं–रोयल इन्फिल्ड हिमालयनमा सवार राइडरले नगरकोटसम्म यात्रा गरेका...
रोयल इन्फिल्डले हालै सम्पन्न इक्मा अटो शो २०२५ मा बुलेट श्रृंखलाको सबैभन्दा शक्तिशाली मोटरसाइकल बुलेट ६५० सार्वजनिक गरेको छ । नयाँ बुलेटमा ६५० सीसी प्यारालल ट्विन इन्जिन जडान गरिएको छ । सो मोटरसाइकल गोवामा नोभेम्बर २१ देखि २३ सम्म आयोजना हुने मोटोभर्स २०२५ मा औपचारिक रूपमा डेब्यु हुने अपेक्षा गरिएको छ।
नयाँ बुलेट ६५० मा टल स्ट्यान्स, क्लासिक टियरड्रप र १९५० को दशकमा प्रयोग गरिएको प्रसिद्ध ‘टाइगर–आई’ पाइलट ल्याम्पयुक्त हेडल्याम्प क्यास्केट राखिएको छ । यसमा हातले बनाइने पिनस्ट्राइप र ट्रेडिशनल अल मेटल बडी समावेश गरिएको छ । यद्यपि यसमा दशौँ वर्षदेखि पहिचान बनेको विशेष सिल्हुट यथावत राखिएको छ।
नयाँ बुलेटमा ६४७.९५ सीसी प्यारेलल ट्विन इन्जिन समावेश छ, जसले ७२५० आरपीएममा ४७ बीएचपी र ५६५० आरपीएममा ५२.३ एनएम टर्क प्रदान गर्छ । यसको इन्जिन ६ स्पिड गियरबक्ससँग जोडिएको छ ।
यसको च्यासिस स्टिल ट्युबुलर स्पाइन फ्रेममा आधारित छ । मोटरसाइकलमा १२० एमएम ट्राभलसहित ४३ एमएम टेलिस्कोपिक फ्रन्ट फोर्क र ९० एमएम ट्राभलसहित ट्विन रियर शक एब्जबर्स प्रयोग गरिएको छ । यसको फ्रन्टमा १९ इन्च र रियरमा १८ इन्चको ह्विल प्रयोग गरिएको छ । बाइकको अगाडि ३२० एमएम र पछाडि ३०० एमएम डिस्क ब्रेकसँगै ड्युअल च्यानल एबीएस समावेश गरिएको छ।
सेफ्टीका लागि सो बाइकमा एलईडी हेडल्याम्प, एलईडी टेलल्याम्प र नयाँ एनालग डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ, जसले इन्धन स्तर, ट्रिप मिटर, गियर पोजिसन र सर्भिस रिमाइन्डर जस्ता सूचना देखाउँछ । टुरिङका लागि युएसबी टाइप सी चार्जिङ पोर्ट पनि उपलब्ध छ। नयाँ बुलेटको तौल २४३ किलोग्राम रहेको छ भने यसमा १४.८ लिटर क्षमताकाे इन्धन ट्याङ्की दिइएको छ । यसको सिटको उचाई ८०० एमएम राखिएको छ ।
काठमाडौं–रोयल इन्फिल्ड हिमालयनमा सवार राइडरले नगरकोटसम्म यात्रा गरेका...
नयाँ रोयल इन्फिल्ड स्क्राम ४४० भारतमा लन्च गरिएको छ । बाइकमा पहिलेको भन्दा...
रोयल इन्फिल्डले अन्ततः लामो समयपछि आफ्नो क्लासिक ३५० बाइकमा ठुलो अपडेट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...