नयाँ च्यासिस र इन्जिनसहित जावा ३५० लन्च
भारतमा जावा ३५० बाइक नयाँ फिचरसहित लन्च भएको छ । सो बाइकमा कम्पनीका अन्य...
रोयल इन्फिल्डले ईआईसीएमए २०२५ मा आफ्ना आगामी पाँच मोडल सार्वजनिक गरेको छ । रोयल इन्फिल्डले नयाँ बुलेट ६५०, क्लासिक ६५० को १२५ वर्ष विशेष संस्करण, हिमालयन माना ब्ल्याक संस्करण, कस्टम इन्स्पायर्ड शटगन ६५० एक्स रफ क्राफ्ट्स ड्रप र अर्बन एक्सप्लोरेशनको लागि फ्लाइङ फ्ली एस६ स्क्र्याम्बलर सार्वजनिक गरेको हो ।
रोयल इन्फिल्ड बुलेट ६५० अझ शक्तिशाली रूपमा पुनरागमन गरेको छ। यसमा ६५० सीसी प्यारालल–ट्विन इन्जिन, ६ स्पिड गियरबक्स र स्लिपर क्लच समावेश छ । साथै यसमा स्टीलको ट्युबुलर फ्रेम, हातले बनाइने पिनस्ट्राइप, टाइगर ल्याम्प, भिन्टेज स्टाइल बेन्च सिट र थ्रीडी विन्ड समावेश छ ।
रोयल इन्फिल्डले आफ्नो इलेक्ट्रिक ब्रान्ड फ्लाइङ फ्लीबाट फ्लाइङ फ्ली एस६ नामक नयाँ स्क्र्याम्बलर स्टाइलको मोटरसाइकल पनि प्रस्तुत गरेको छ। यसको अगाडि युएसडी फोर्क, चेन ड्राइभ र १९/१८ इन्चको स्ट्यागर्ड ह्विल सेटअपले शहरमा मात्र होइन अफरोडमा पनि ड्राइभिङमा सक्षम बनाउँछ। यसमा उच्च टर्क दिने मोटर र लामो सिटले सहज ह्यान्डलिङ अनुभव प्रदान गर्छ।
रोयल इन्फिल्डको एड्भेन्चर बाइक हिमालयनको नयाँ भर्सन हिमालयन माना ब्ल्याक संस्करण पनि सार्वजनिक गरिएको छ । सो बाइक उच्च भूभागका लागि उपयुक्त फ्याक्ट्री–एसेसराइज्ड कन्फिगरेसनसहित आएको छ। यसमा ट्युबलेस स्पोक ह्विल, कालो र्याली सिट, ह्यान्ड गार्ड तथा मजबुत मड गार्ड जडान गरिएको छ। कम्पनीले क्लासिक ६५० को विशेष संस्करण पनि प्रस्तुत गरेको छ । साथै लिमिटेड एडिसन शटगन ६५० एक्स रफ क्राफ्ट्स ड्रप पनि पेश गरेको छ । सो बाइक प्रसिद्ध कस्टम डिजाइनर रफ क्राफ्ट्ससँग सहकार्यमा बनेको छ ।
भारतमा जावा ३५० बाइक नयाँ फिचरसहित लन्च भएको छ । सो बाइकमा कम्पनीका अन्य...
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...
रोयल इन्फिल्डले आफ्नो लोकप्रिय र किफायती मोटरसाइकल हन्टर ३५० को २०२६...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...