रोयल इन्फिल्डको नयाँ बाइक नेपालमा, ६ लाख ९० हजारको बाइकमा यस्तो छ विशेषता
काठमाडौं विश्वप्रसिद्ध मिड–साइज मोटरसाइकल ब्रान्ड रोयल इन्फिल्डले...
अमेरिकन टु ह्विलर निर्माता हार्ले र ट्रायम्फले भारतीय दुई ठूला उत्पादक हिरो र बजाजसंग सहकार्य गरी कम मूल्यमै नयाँ मोटरसाइकल लन्च गरेपछि रोयल इन्फिल्डले आफूमाथी चुनौती थप भएको महशुस गरेको छ । मिड साइज मोटरसाइकलमा एकछत्र जस्तै बजार लिन सफल रोयल इन्फिल्डलाई सिधा टक्कर दिनेगरी आएका यी दुई ब्रान्डले भविष्यमा आक्रमक बजार लिन अड्कलबाजी समेत गर्न थालिएको छ ।
भविष्यमा आफूमाथी चुनौती वढ्न सक्ने भन्दै कम्पनीले यी दुई ब्रान्डलाई टक्कर दिन नयाँ मोटरसाइकल लन्च गर्ने योजना बनाएको जनाइएको छ । रोयल इन्फिल्डले एक वर्षभित्रै ३५० देखी ४५० सिसीसम्ममा तीन नयाँ मोटरसाइकललाई बजारमा उतार्ने योजना बनाएको हो ।
कम्पनीले अहिले आफ्नो चर्चित मोटरसाइकल वुलेटको नयाँ भर्सन तयार गरिरहेको छ । यो नयाँ मोटरसाइकललाई उसले जे१ वी कोडनेम दिएर तयार गरिरहेका छ भने नयाँ हिमालयनलाई लिक्वड कुल्ड इन्जिनमा ल्याउने गरी कोडनेम के१ जी दिएर निर्माण गरिरहेको छ । यसैगरी स्क्र्याम ४४० लाई डी४ के कोड नेम दिएर निर्माण गरिरहेको छ ।
यी नयाँ मोटरसाइकलको मूल्य १ लाख ५० हजारदेखी २ लाख २५ हजार भारुभित्रै लन्च गर्ने कम्पनीको योजना छ । यो मूल्यमा अन्य ब्रान्डले नयाँ वाइक लन्च गर्न नसक्ने कारण बजारमा आफ्नो दवदवा कायमै रहने कम्पनीले ठहर गरेको छ । यी तीन नयाँ मोटरसाइकल वाहेक रोयल इन्फिल्डले ७५० सिसीको बबर मोटरसाइकल र जे प्लेटफर्ममा ३५० कम सिसीको क्लासिक, हन्टर, मेटियर र बुलेट लगायत नयाँ वाइक समेत ल्याउने योजना वनाएको छ ।
काठमाडौं विश्वप्रसिद्ध मिड–साइज मोटरसाइकल ब्रान्ड रोयल इन्फिल्डले...
रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागी नवनियुक्त विक्रेता अल्फा...
काठमाडौं – काठमाडौं लेजेन्ड्स प्रालिले मनाङ मेनिया कार्यक्रम गर्ने भएको छ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...