दमदार इन्जिनका साथ लन्च भयो रोयल इन्फिल्ड शटगन ६५०

रोयल इन्फिल्डले सटगन ६५० मोटरसाइकल भारतीय बजारमा ल्याएको छ । यो केही साताअघि मात्रै विश्व र अमेरिकी बजारमा ल्याइएको थियो । कम्पनीले शक्तिशाली इन्जिन भएको यो बाइक सार्वजनिक गरेको हो ।

रोयल इन्फिल्डकै अर्को बाइक सुपर मेटियरको प्लेटफर्ममा बनेको भए पनि यसमा फरक विशेषता रहेको छ । यो मोटरसाइकल कस्टम शेड, कस्टम प्रो र कस्टम स्पेशल भेरिएन्टमा लन्च गरिएको छ । यसको कस्टम शेडको सिटमेटल ग्रे पेन्ट स्किमका साथ उपलब्ध भेरिएन्टको मूल्य ३ लाख ५९ हजार भारु तोकिएको छ। त्यसैगरी अन्य भेरिएन्टको मूल्य ३ लाख ७३ हजार भारु सम्म छ ।

नयाँ लन्च गरिएको बाइकमा ६४८ सीसी प्यारालल एयरकुल्ड ट्विन सिलिन्डर इन्जिन दिइएको छ । यो इन्जिनले अधिकतम ४७ पीएस पावर र ५२.३ एनएम पिक टर्क जेनेरेट गर्छ। बाइकले प्रतिलिटर २२ किलोमिटर माइलेज दिन सक्ने दाबी गरिएको छ । यसमा स्लिपर र असिस्ट क्लचको साथ ६ स्पिड ट्रान्समिसन छ।

शटगन ६५० मा मा १८ इन्च फ्रन्ट र १७ इन्च रियल ह्विलहरू छन् । यसमा दिइएको ब्रेकहरू ड्युअल च्यानल एबीएसका साथ आउँछन्। बाइकमा फुल एलईडी लाइटिङ सिस्टम, ट्रिपर नेभिगेसन, यूएसबी चार्जिङ पोर्ट छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ क्लासिक ३५० को क्रोम र डार्क एडिसन(मूल्य सहित)

यस्तो छ क्लासिक ३५० को क्रोम र डार्क एडिसन(मूल्य सहित)

काठमाडौं– रोयल इन्फिल्डको सर्बाधिक लोकप्रिय मोडल क्लासिक ३५० थप दुई...

हन्टर ३५० को खरिदमा १५ हजारको एसेसरिज निःशुल्क

हन्टर ३५० को खरिदमा १५ हजारको एसेसरिज निःशुल्क

काठमाडौं– रोयल इन्फिल्डको सस्तो मोटरसाइकल हन्टर ३५० खरिद गर्दा १५ हजार...

रोयल इन्फिल्डले लन्च गर्दैछ नयाँ ५ बाइक

रोयल इन्फिल्डले लन्च गर्दैछ नयाँ ५ बाइक

रोयल इन्फिल्ड भिारतीय र नेपाली बजारमा निकै लोकप्रिय टु ह्विलर मध्ये एक हो ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...