नेपाली बजारमा अब रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन, मूल्य ५ लाख ५५ हजार ७ सय
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...
प्रख्यात टु–ह्विलर निर्माता रोयल इन्फिल्डले गत वर्ष ८ लाख २० हजार बढी मोटरसाइकल बिक्री गरेको छ । कम्पनीले वर्ष २०२३ मा ८ लाख २२ हजार २९५ यूनिट मोटरसाइकल बिक्री गर्दै अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढी बृद्धिदर हाँसिल गरेको हो । २०२२ मा उसले ७ लाख ३ हजार १५६ यूनिट मोटरसाइकल बिक्री गरेको थियो ।
कम्पनीले सन् २०१८ मा ८ लाख ३७ हजार ६६९ यूनिट बिक्री गरेर हालसम्मकै धेरै बिक्रीको रेकर्ड कायम गरेको थियो । त्यसपछिका वर्षहरुमा बिक्री कम हुँदै गएपनि गत बर्ष बिक्री ह्वातै बढ्दा उक्त रेकर्ड सेल्सको नजिक पुग्न सफल भएको हो । कम्पनीले चालु आर्थिक वर्षको ९ महिनामा ६ लाख ३० हजार मोटरसाइकल बिक्री गरिसकेको छ भने वाँकी तीन महिनामा २ लाख हाराहारी बिक्री गर्ने लक्ष्य लिएको छ ।
मिड साइज प्रिमियम मोटरसाइकलमा विश्वकै अग्रणी ब्रान्ड रोयल इन्फिल्डले भारतमा बुलेट, क्लासिक, मिटिओर, हन्टर, सुपर मिटिओर र हिमालयन लगायत मोडलका मोटरसाइकल उत्पादन गरी विश्व बजारमा बिक्री गर्दै आएको छ । यी मोटरसाइकल ३५० देखी ६५० सिसी सेग्मेन्टमा उपलब्ध छन् ।
भारतमा जस्तै नेपालमा पनि रोयल इन्फिल्डले पछिल्लो सयम निकै राम्रो बजार पाइरहेको छ । नेपालमै एसेम्वल भई मूल्यमा समेत कमि आउँदा यो ब्राण्डले अहिले उच्च दरमा बजार विस्तार गरिरहेको छ ।
काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ...
काठमाडौं – रोयल इन्फिल्ड राइडरहरुको कार्यक्रम ‘वान राइड’ गोदावरी पुगेको छ...
विश्वको सवैभन्दा ठूलो मिडसाइज मोटरसाइकल उत्पादक रोयल इन्फिल्डले ७५०...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...