३५०-६५० सिसी सेग्मेन्टमा रोयल इनफिल्डको एकलौटी बजार, वार्षिक बिक्री १० लाख नाघ्यो

रोयल इनफिल्डले २०२५ मा हालसम्मकै धेरै मोटरसाइकल बिक्री गरेको छ । कम्पनीले १ वर्षमा १० लाख ७१ हजार ८०९ युनिट मोटरसाइकल बिक्री गरेर भारतमा नयाँ रेकर्ड बनाएको हो ।

सन् २०२४ मा कुल ८ लाख ५७ हजार ३७८ युनिट मोटरसाइकल बिक्री गरेको कम्पनीले एकै वर्षमा बिक्री २५ प्रतिशतले बडाएको छ । त्यसैगरी, निर्यात समेत ३६ प्रतिशतले बढाएको छ । गत वर्ष ९७ हजार ३७१ युनिट मोटरसाइकल निर्यात गरेको कम्प्नीले अघिल्लो वर्ष १ लाख ३२ हजार १३२ युनिट मोटरसाइकल निर्यात गर्न सफल भएको हो । कम्पनीले हाल ४ फरक इन्जिन प्लेटफर्ममा आधारित कुल १४ मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ ।

कम्पनीका अनुसार, अगस्टदेखि अक्टोबरसम्म लगातार तीन महिनामा मासिक बिक्री १ लाख युनिटभन्दा बढी भएको थियो, जसमा अक्टोबरमा १ लाख १६ हजार ८४४ युनिटसहित रेकर्ड ब्रेक मासिक बिक्री हाँसिल गरेको थियो ।

भारतीय अटोमोबाइल उद्योगमा जिएसटी २.० दर कटौतीको पूर्ण लाभ ग्राहकहरूलाई हस्तान्तरण गर्ने घोषणा गर्ने पहिलो कम्पनीमध्ये एक बनेको रोयल इनफिल्डले आफ्नो लोकप्रिय ३५० सीसी मोडेलमा २२ हजार भारुसम्म मूल्य घटाएको थियो ।

रोयल इनफिल्डको कुल बिक्रीमा सबैभन्दा ठूलो योगदान क्लासिक ३५० ले दिएको छ । यस मोडलले भारतको ३५० सिसी सेग्मेन्टमा ३७ प्रतिशत हिस्स ओगट्ने जनाइएको छ । ३५० देखी ६५० सिसी सेग्मेन्टमा रोयल इनफिल्डका उत्पादनले बजारमा एकलौटी जस्तै बजार लिइरहेको छ ।

भारतमा जस्तै नेपाली बजारमा समेत रोयल इनफिल्डका मोटरसाइकल निकै लोकप्रिय बनिरहेका छन् । अल्फा अटोमोटिभ्सले बिक्री थालेयता यस ब्रान्डका मोटरसाइकल बर्षमै १० हजारभन्दा बढि युनिट बिक्री भइरहेको छ । नेपालमा यसको अत्याधुनिक र सुबिधासम्पन्न एसेम्वल प्लान्ट समेत सञ्चालनमा छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्ड स्क्राम ४११ः कम मूल्यमा हिमालयन जस्तै अर्को मोटरसाइकल आउदै

रोयल इन्फिल्ड स्क्राम ४११ः कम मूल्यमा हिमालयन जस्तै अर्को मोटरसाइकल आउदै

रोयल इन्फिल्डले आगामी केही महिनामा धेरै फ्ल्यागसिप मोडलहरू लन्च गर्ने...

नयाँ अवतारमा रोयल इन्फिल्ड हन्टर ३५० बाइक आउँदै, यस्तो छ लुक र फिचर

नयाँ अवतारमा रोयल इन्फिल्ड हन्टर ३५० बाइक आउँदै, यस्तो छ लुक र फिचर

रोयल इन्फिल्डले ३५० सीसी वा त्यो भन्दा बढी पावरफुल कम्युट, एड्भेन्चर र टुरर...

रोयल इन्फिल्डले ३ नयाँ बाइक ल्याउने

रोयल इन्फिल्डले ३ नयाँ बाइक ल्याउने

रोयल इन्फिल्डले ३ वटा नयाँ बाइक ल्याउने तयारी गरिरहेको छ । यसबारे कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...