बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
अटो क्षेत्रमा इलेक्ट्रिक साधनको माग दिनानुदिन बढिरहेको छ । रोयल इन्फिल्डले पनि इलेक्ट्रिक बाइकमा जोड दिने भएको छ । साथै कम्पनीले चाँडै नै रोयल इन्फिल्ड इलेक्ट्रिक बाइक लन्च गर्ने भएको छ ।
हालै डिजिटल प्लेटफर्ममा रोयल इन्फिल्ड मेटियर इलेक्ट्रिक भेरिएन्टको झलक देखिएको छ । यद्यपि कम्पनीले इलेक्ट्रिक मोडलको बारेमा केही जानकारी दिएको छैन तर इन्फिल्ड ३५० को इलेक्ट्रिक भर्सनको चर्चा निकै चलेको छ ।
रोयल इन्फिल्डले २०२३ मा पहिलो इलेक्ट्रिक बाइक लन्च गर्ने सम्भावना रहेको छ । इन्डियन अटोज ब्लग डट कममा रोयल इन्फिल्ड मेटियर ३५० को डमी इलेक्ट्रिक मोडलको एक झलक देखाएको छ । सो बाइक ड्युअल टोन कलर थिममा रहेको छ । जुन ब्लु र ह्वाइट कलर अप्सनमा उपलब्ध रहेको छ ।
रोयल इन्फिल्डको आउने इलेक्ट्रिक बाइकको फ्युल ट्यांकको माथि ह्वाइट र टल ब्लु रङको हुने सम्भावना रहेको छ । साथै ह्वील रिम्समा ब्ल्याकको साथमा ब्लु टच देख्न सकिन्छ । कम्पनीले सो बाइकको साइड प्याडलमा बाइक नेमको साथमा ईभी लेखिएको हुनेछ ।
रोयल इन्फिल्डको भारतमा २०० देखि ५०० सीसी बाइक सेगमेन्ट बिक्री भइरहेको छ । साथै हालै कम्पनील मेटियर ३५० बाइक लन्च गरेको छ । भारतमा अन्य कम्पनीले पनि इलेक्ट्रिक बाइक लन्च गरिसकेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...