फेरि हुँदैछ पोकर रन, देश विदेशका १२० बढी राइडर पोखरा पुगेर मनोरञ्जन गर्ने
काठमाडौं – पोकर रन यस पटक फेरि हुने भएको छ । आगामी अप्रिल १३ अर्थात चैत ३०...
काठमाडौं – नेपाली बजारमा रोयल इन्फिल्ड मेटियर ३५० मोटरसाइकलको बिक्री प्रारम्भ भएको छ । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सले आज एक भर्चुअल लाइभ कार्यक्रममार्फत सो मोटरसाइकल सार्वजनिक गरेको छ ।
फायरबल, स्टेलर र सुपरनोभा गरी तीन भेरिएन्टमा उपलब्ध हुने सो मोटरसाइकलको मूल्य भेरिएन्ट अनुसार क्रमशः ६ लाख, ६ लाख १७ हजार र ६ लाख ४५ हजार रुपैयाँ तोकिएको छ ।
इन्डियन मोटरसाइकल अफ द इयर २०२१ अवार्ड प्राप्त गर्न सफल रोयल इन्फिल्ड मेटियर नेपाली बजारमा पहिले देखि नै चासोपूर्वक प्रतीक्षा गरिएको मोटरसाइकल हो । यो मोटरसाइकल तीन विभिन्न भेरिएन्ट फायरबल, स्टेलर र सुपरनोभामा उपलब्ध छ । त्यसैगरी ७ वटै कलर अप्सनमा नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।
मेटियर ३५० मा पावर दिनका लागि ३४९ सीसीको सिंगल सिलिन्डर इन्जिन समावेश गरिएको छ । जसले ६१०० आरपीएममा २०.२ बीएचपीको पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ ।
सो बाइकमा ड्युअल च्यानल एबीएस सिस्टमको साथमा फ्रन्ट र रियरमा डिस्क ब्रेक समावेश छ । सो बाइकको टप भेरिएन्ट सुपरनोभामा प्रिमियम सिट उपलब्ध रहेको छ ।
सो बाइक ६ स्टेप एडजस्टेबल ड्युअल रियर सकर्सको साथमा ४१ एनएम टेलिस्कोपिक र फ्रन्टमा १३० एमएम फोर्क्स समावेश गरेको छ । फ्रन्टमा १००/९० टायर र रियरमा १४०/७० टायर उपलब्ध रहेको छ । सो बाइकको रियरमा ट्वीन ट्युब सक एबजर्बर रहेको छ । रोयल इन्फिल्ड मेटियर ५ ट्रान्समिसन गियरबक्स रहेको छ ।
सो बाइकमा इन्स्ट्रयुमेन्ट क्लस्टर नै मुख्य कुरा हो । यसमा दुई पोड इकाई जसमा एउटा ठूलो र एउटा सानो रहेको छ । सस्पेन्सनको लागि अगाडि टेलिस्कोपिक फोर्क, ट्वीन साइड रियर सक एब्जर्बर समावेश गरेको छ । यसमा स्पिडोमिटर, गियर इन्डिकेटर, ट्रिप मिटर, ओडोमिटर, फ्युल लेवल इन्डिकेटर जस्ता फिचर रहेको छ । साथै ब्लुटुथ कनेक्टिभिटी, नेभिगेसन र यूएसबी चार्जिङ पनि समावेश गरेको छ ।
काठमाडौं – पोकर रन यस पटक फेरि हुने भएको छ । आगामी अप्रिल १३ अर्थात चैत ३०...
रोयल इन्फिल्ड हिमालयनको हालको मोडल निकै नै लोकप्रिय छ । ४१० सीसीको हालको...
रोयल इन्फिल्डले ईआईसीएमए २०२५ मा आफ्ना आगामी पाँच मोडल सार्वजनिक गरेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...