निषेधाज्ञा बन्यो खुकुलो : नयाँ खेलाडी बन्दै छन् नेपाली बजारमा यी नयाँ बाइक र स्कुटर
काठमाडौं – आज देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनेको छ...
रोयल इन्फिल्ड हिमालयनको हालको मोडल निकै नै लोकप्रिय छ । ४१० सीसीको हालको मोडल भन्दा ठूलो अर्थात ६५० सीसीमा हिमालयन आउने भन्ने चर्चा पहिले देखि नै चलेको हो । कम्पनीले आधिकारिक जानकारी नदिए पनि धेरैले यसको आशा गरेका छन् ।
सन् २०१८ अक्टोबरमा रोयल इन्फिल्डका हेड सिद्धार्थ लालले अझै ठूलो हिमालयनका लागि कम्पनीले योजना बनाइरहेको स्पष्ट बताएका थिए । यसको अर्थ रोयल इन्फिल्डका अन्य मोडल जस्तै यो पनि ६५० सीसीमा आउँछ भन्ने धेरैको अनुमान थियो ।
रोयल इन्फिल्डले पछिल्लो समयमा धेरै नयाँ मोडलका नाम ट्रेडमार्क गराएको थियो । कम्पनीले हाल धेरै मोडल परीक्षण गरिरहेको भए पनि हिमालयनसँग मिल्दो मोडल भने कतै देखिएको छैन ।
तर पनि भारतीय मिडियाहरुले यसको वारेमा केही सम्भावनायुक्त समाचारहरु सार्वजनिक गरिरहेका छन् । मिडिया रिपोर्टका अनुसार हिमालयन ६५० सार्वजनिक गर्ने लगभग अन्तिम तयारीमा कम्पनी लागिरहेको छ ।
सो बाइक भारतमा उत्पादन नभइरहेको कारण पनि यसको वारेमा धेरै चर्चा नभएको हो । कम्पनीले युकेको ब्रटिङथोर्पस्थित टेस्टिङ फ्यासिलिटीमा यसको विकास भइरहेको छ । सो प्लान्ट सर्वसाधारणको उपस्थितिका लागि बन्द छ ।
रोयल इन्फिल्ड हिमालयन ६५० मा हालको इन्टरसेप्टरमा रहेको ६५० सीसी मोटर नै प्रयोग गरिने छ, जसले ४७ पीएस पावर जेनेरेट गर्छ ।
रोयल इन्फिल्डले बजारमा ल्याउने नयाँ बाइकको नाम शेर्पा, हन्टर आदि राख्ने सार्वजनिक भइसकेको छ । यसकारण हिमालयन ६५० को नाम पनि यी मध्ये कुनै हुने सम्भावना पनि छ ।
यद्यपि कम्पनीले यो मोडलको वारेमा कुनै आधिकारिक जानकारी दिएको छैन ।
काठमाडौं – आज देखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनेको छ...
२०२१ रोयल इन्फिल्डको न्यु जेनेरेसन क्लासिक ३५० लन्चिङको लागि तयारी...
नेपाली बजारमा हाल २५० सीसी वा सो भन्दा बढी क्षमताका मोटरसाइकल आयात गर्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...