रोयल इन्फिल्ड स्क्र्याम्वलर ६५० उत्पादनको अन्तिम चरणमा
रोयल इन्फिल्डले निकट भविष्यमा लन्च गर्ने तयारी थालेको नयाँ मोडल उत्पादनको...
काठमाडौं – पोकर रन यस पटक फेरि हुने भएको छ । आगामी अप्रिल १३ अर्थात चैत ३० देखि काठमाडौंबाट रोयल इन्फिल्ड लगायतका विभिन्न मोटरसाइकल राइडर सहभागी टोली पोखरा पुगेर रमाइलो गर्ने कार्यक्रम रहेको छ ।
एड्भेन्चर ट्राभल कम्पनी स्याकर्ड समिटले सन् २००९ देखि गर्दै आएको पोकर रनको यस पटक १२औं संस्करण हो । यस पटक १२० भन्दा बढी राइडर सहभागी हुने अपेक्षा गरिएको स्याकर्ड समिटका सीईओ रवि थापाले बताए । हाल धेरै स्थानमा इभेन्टहरु भइरहेको र पेट्रोलियम पदार्थको अभाव वारेमा पनि धेरै चर्चा भइरहेको हुनाले थोरै मात्र सहभागी गराउने निर्णय भएको उनले बताए ।
कार्यक्रममा अधिकांश रोयल इन्फिल्ड राइडर हुने छन् भने यो वाहेक केटीएम, बीएमडब्ल्यु र जावा लगायतका ३ सय सीसी भन्दा बढी क्षमताका बाइक राइडर हुने छन् । नेपालका विभिन्न भागका राइडरका साथै यस पटक भारतका विभिन्न स्थानका राइडर समेत सहभागी हुने बताइएको छ ।
निश्चित स्थानबाट प्रारम्भ हुने पोकर रन गन्तव्यसम्म पुग्दा ५ वटा बिन्दु निर्धारण गरिएको हुन्छ । प्रत्येक विन्दुमा सहभागीले एक एकवटा तासको जस्तो पत्ती अर्थात पोकर उठाउन पाउछन् । वीचमा उनीहरु साथसाथै जान्छन् । एकै स्थानमा मोटरसाइकलको लहर देख्दा एक प्रकारको रौनकता पनि थपिन्छ । अन्तिम विन्दुसम्म पुग्दा जसको नम्बर बढी हुन्छ, उसैलाई बिजेता घोषणा गरिन्छ ।
राइडरहरुका लागि पोकर हात पार्नु यो इभेन्टको मुख्य उद्देश्य हो । तर यो भन्दा वाहेक विभिन्न तरिकाले डिजाइन गरिएको आफ्नो मोटरसाइकल शो गर्नु पनि यसको अर्को आकर्षण हो । बेस्ट इन्फिल्ड अर्थात ओरिजिनल डिजाइन र बेस्ट कस्टमाइज्ड मोटरसाइकललाई सो अवसरमा पुरस्कृत समेत गरिने छ ।
त्यसैगरी बेस्ट सपोर्टिङ वुमन राइडरका साथै सबैभन्दा लामो दुरी पार गरी कार्यक्रममा भाग लिन आउने राइडरलाई ‘द लङगेस्ट डिस्टेन्स राइडर’, सबैभन्दा धेरै उमेरको राइडरलाई ‘सिनियर सिटिजन्स अवार्ड’ र सबैभन्दा धेरै ब्रेकडाउन हुने मोटरसाइकललाई ‘हार्ड लक अवार्ड’ प्रदान गरिने छ ।
सधैका वर्षहरुमा जस्तै यस पटक पनि च्यारिटीको आयोजना गरिने र यसबाट उठेको रकम पोखराकै स्थानीय विद्यालयमा कक्षा ५ सम्म अध्ययन गर्ने अल्पसंख्यक जातिय पृष्ठभूमिका विद्यार्थीहरुलाई सहयोग स्वरुप प्रदान गरिने बताइएको छ ।
चैत ३० का दिन नेपाल पर्यटन बोर्डको प्रांगनबाट राइडरहरुको टोली पोखराका लागि प्रस्थान गर्नेछ । उनीहरुले पहिलो कार्ड यही संकलन गर्नेछन् । त्यसपछि दोस्रो कार्ड नौविसेमा संकलन हुनेछ भने मुग्लिनमा तेस्रो र पोखरा भन्दा ३५ किलोमिटर यता अकला हाइवेमा चौथो कार्ड संकलन हुनेछ ।
अन्तिम गन्तव्य पोखरा ग्रान्डीमा पाँचौ कार्ड संकलन हुनेछ । त्यही नै सहभागीहरुले लाइभ ब्यान्ड, बार्बेक्यु, डिनर सहित उत्साहपूर्वक नयाँ वर्ष २०७९ मनाउने छन् ।
नयाँ वर्ष २०७९ को पहिलो दिन च्यारिटी राइड र विभिन्न पुरस्कार वितरणको कार्यक्रम सम्पन्न गरी अर्को दिन राइडरहरु आफ्नो गन्तव्यमा फर्किने छन् ।
रोयल इन्फिल्डले निकट भविष्यमा लन्च गर्ने तयारी थालेको नयाँ मोडल उत्पादनको...
रोयल इन्फिल्डले ल्याउन लागेको सबैभन्दा सस्तो मोडल हन्टर ३५० को तस्विर...
प्रायः हामी आर्थिक दृष्टिबाट सफल कसरी हुने भनी सोचिरहेका हुन्छौँ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...