रोयल इन्फिल्डले बुलेट जत्तिकै बलियो इलेक्ट्रिक बाइक चाँडै नै लन्च गर्ने

रोयल इन्फिल्डले केही समयमै आफ्नो इलेक्ट्रिक बाइक लन्च गर्न लागेको समाचार सार्वजनिक भइरहेका छन् । यद्यपि कम्पनीले यसबारेमा आधिकारिक रुपमा भने केही बताएको छैन ।

अगस्ट २०२० मा रोयल इन्फिल्डका सीईओ विनोद दासारीले कम्पनीले इलेक्ट्रिक बाइक सेगमेन्टमा प्रवेश गर्ने योजना बनाएको पुष्टि गरेका थिए । यस घोषणा पछि उक्त बाइक निर्माता कम्पनीले आफ्नो वार्षिक प्रतिवेदन २०२०–२१ मा कम्पनीले इलेक्ट्रिक बाइक विकास गरिरहेको कुरा पुष्टि गरेको थियो ।

टीभीएस, हिरो, एथर र बीएमडब्ल्यु जस्ता कम्पनीहरूले आगामी महिनामा आफ्ना इलेक्ट्रिक बाइक लन्च गर्ने तयारी गरेका छन् । रोयल इन्फिल्डले पनि यसका लागि तयारी सुरु गरिसकेको छ । रोयल इन्फिल्डका प्रबन्ध निर्देशक सिद्धार्थ लालले भारतीय र विश्वव्यापी बाइक बजारका लागि इलेक्ट्रिक बाइक उत्पादनको लागि गठबंधन गरिएको पुष्टि गरेका छन् ।

रोयल इन्फिल्डले वातावरण, सामाजिक र सरकारी उद्देश्यलाई ध्यानमा राख्दै कम्पनीले विद्युतीकरण प्रक्रियालाई तीव्रता दिएको छ । कम्पनीले रोयल इन्फिल्ड इलेक्ट्रिक बाइकको लागि प्रोटोटाइप तयार गरिसकेको छ र चाँडै नै ईभीको उत्पादन सुरु गर्नेछ । रोयल इन्फिल्डको नयाँ इलेक्ट्रिक बाइक नयाँ इलेक्ट्रिक प्लेटफर्ममा आधारित हुने अपेक्षा गरिएको छ ।

रोयल इन्फिल्डले सन् २०२३ मा आफ्नो इलेक्ट्रिक बाइक उत्पादन सुरु गर्ने घोषणा गर्न सक्छ । रिपोर्टका अनुसार बाइकमा ८ केडब्ल्युएच देखि १० केडब्ल्युएचसम्मको ब्याट्री प्याक प्रयोग गर्ने सम्भावना रहेको छ । सो इलेक्ट्रिक बाइकले लगभग ४० बीएचपी र १०० एनएमको टर्क जेनेरेट गर्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डका दुई नयाँ मोडल बाइक अब बुटवलमा

रोयल इन्फिल्डका दुई नयाँ मोडल बाइक अब बुटवलमा

काठमाडौँ –बुटवलको प्रतिष्ठित व्यवसायिक घराना गैरे प्रतिष्ठानले रोयल...

शुक्रबार राइड टु घलेगाउँ आयोजना हुने, ४० बुलेट राइडर सहभागी हुने

शुक्रबार राइड टु घलेगाउँ आयोजना हुने, ४० बुलेट राइडर सहभागी हुने

काठमाडौं – काठमाडौंको सुकेधारास्थित रोयल इन्फिल्ड बाइकको आधिकारिक...

७५० सिसीको बबर मोटरसाइकल ल्याउँदै रोयल इन्फिल्ड

७५० सिसीको बबर मोटरसाइकल ल्याउँदै रोयल इन्फिल्ड

विश्वको सवैभन्दा ठूलो मिडसाइज मोटरसाइकल उत्पादक रोयल इन्फिल्डले ७५०...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...