रोयल इन्फिल्डले हिमालयन सिरिजमा नयाँ एड्भेन्चर बाइक हिमालयन ४४० ल्याउँदै

रोयल इन्फिल्डले आफ्नो लोकप्रिय हिमालयन सिरिजमा नयाँ एड्भेन्चर बाइक हिमालयन ४४० सेप्टेम्बर २०२६ को पहिलो सातामा भारतीय बजारमा लन्च गर्ने सक्ने अपेक्षा गरिएको छ। सो बाइकको लुक अपडेटेड स्क्र्याम ४४० मा आधारित हुनेछ । यसमा अफरोड यात्राका लागि भनेर अगाडि २१ इन्च र पछाडि १७ इन्चको टायर प्रयोग गरिने अपेक्षा गरिएको छ।

नयाँ हिमालयन ४४० मा स्पोक र ट्युब टायर उपलब्ध हुने सम्भावना छ। यसको सिटको उचाइ करिब ८०० एमएम हुने अनुमान गरिएको छ, जुन हालको हिमालयन ४५० को करिब ८२५ एमएम सिट उचाइभन्दा कम हो। यसमा गुरिल्ला र हिमालयन ४५० मा भन्दा कम टेक्नोलोजी हुने सम्भावना छ। सस्पेन्सनतर्फ भने हिमालयन ४११ को जस्तै दिइने अपेक्षा गरिएको छ। अगाडिको सस्पेन्सन ट्राभल करिब २०० एमएमको हुन सक्ने अनुमान छ।

यसको इन्जिन स्क्र्याम ४४० मा प्रयोग भएको ४४३ सीसी क्षमताको एलएस ४४० इन्जिन नै प्रयोग हुने अपेक्षा गरिएको छ। सो इन्जिनले ६२५० आरपीएममा २५.४ हर्सपावर र ४००० आरपीएममा ३४ एनएम टर्क उत्पादन गर्छ। यसमा ६ स्पिड गियरबक्स उपलब्ध हुनेछ।परफर्मेन्सको हिसाबले स्क्र्याम ४४० कै हाराहारीमा हुने अपेक्षा गरिएको छ।

सेफ्टीका लागि एबीएस सिस्टम उपलब्ध हुने सम्भावना छ। तर हिमालयन ४५० मा उपलब्ध एड्भान्स राइडिङ मोड र टीएफटी डिस्प्लेजस्ता फिचर भने हुने छैन । कम्पनीले हालसम्म यसको मूल्य, डिजाइन र टेक्नोलोजीको विवरण आधिकारिक रूपमा सार्वजनिक गरेको छैन। यसको स्पेसिफिकेसन र मूल्य लन्चको समयमा नै गर्ने अपेक्षा गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...