आगामी शनिबार रोयल इन्फिल्ड हन्टर कार्निभल आयोजना हुने

काठमाडौं – रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभले आगामी शनिबार ‘हन्टर कार्निभल’ आयोजना गर्ने भएको छ ।

कम्पनीले हालै बजारमा ल्याएको हन्टर ३५० मोटरसाइकलको कार्निभल शंखमुलस्थित इजी वे ट्रायल सेन्टरमा हुनेछ । सो अवसरमा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जीएमए प्रर्दशनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज तथा कस्टमाइज्ड मोटरसाइकल परेड, फुड स्टलहरु र म्युजिकल पर्फमेन्सलगायतका कार्यक्रमहरु हुनेछन् ।

रोयल इन्फिल्ड हन्टर ३५० एक रोडस्टर हो, जसको लुक निकै आकर्षक छ । सो बाइकमा गोलाकार हेडल्याम्प, फोर्क कभर गार्टर, मेट्रोका लागि दस–स्पोक अलोय ह्विल र रेट्रो भेरिएन्टका लागि वायर्ड–स्पोक ह्विल, सिंगल पिस सिट, एलईडी टेलल्याम्प र स्टबी एक्जस्ट उपलब्ध छ ।

रोयल इन्फिल्ड हन्टर ३५० मा ३४९ सीसी सिंगल सिलिन्डर एयर–आयल कुल्ड फ्युल इन्जेक्टेड इन्जिन जडान गरिएको छ, जसले ६१०० आरपीएममा २०.२ बीएचपी पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्छ । यो इन्जिन ५ स्पिड म्यानुअल गियरबक्ससँग जोडिएको छ र यसले ३६.२ किमी प्रति लिटरको माइलेज दिन्छ ।

बाइकको फ्रन्टमा डिस्क ब्रेक र रियरमा सिंगल वा ड्युअल च्यानल एबीएस भएको डिस्क/ड्रम समावेश छ । यसमा १७ इन्चको पाङ्ग्रा जडान गरिएको छ । हन्टर ३५० मा डिजिटल–एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर र अप्सनल ट्रिपर नेभिगेसन पोड छ ।

रोयल इन्फिल्ड हन्टर ३५० मेट्रो र रेट्रो गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य ४ लाख ५९ हजार देखि ४लाख ७९ हजार रुपैयाँ सम्म छ ।

सम्बन्धित समाचारहरू

यस्तो हुनेछ रोयल इन्फिल्डको सबैभन्दा सानो र कम मूल्यको बाइक

यस्तो हुनेछ रोयल इन्फिल्डको सबैभन्दा सानो र कम मूल्यको बाइक

रोयल इन्फिल्डले आफ्नो नयाँ बाइक हन्टर ३५० लन्च गर्ने तयारी गरेको छ । ३५०...

रोयल इन्फिल्डको ‘हन्टर ब्रेकफास्ट राइड’ सम्पन्न

रोयल इन्फिल्डको ‘हन्टर ब्रेकफास्ट राइड’ सम्पन्न

काठमाडौं – रोयल इनफिल्डको ‘हन्टर ब्रेकफास्ट राइड’ आयोजना भएको छ । रोयल...

आकर्षक स्टाइल र फिचरमा अब रोयल इन्फिल्डको नयाँ मोटरसाइकल स्क्राम ४११

आकर्षक स्टाइल र फिचरमा अब रोयल इन्फिल्डको नयाँ मोटरसाइकल स्क्राम ४११

रोयल इन्फिल्ड स्क्राम ४११ भारतमा लन्च गरिएको छ । यसको मूल्य २ लाख ३ हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...