थप पावरफुल इन्जिनसहित रोयल इन्फिल्ड हिमालयन ४५० लन्च हुने, टिजर सार्वजनिक

रोयल इन्फिल्डले बहुप्रतीक्षित हिमालयन ४५० भारतीय बजारमा लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले यसको आधिकारिक टिजर पनि जारी गरेको छ । हिमालयन ४५० रोयल इन्फिल्डका लागि सबैभन्दा महत्वपूर्ण बाइक मध्ये एक हो ।

हाल ४११ सीसीमा उपलब्ध भएको हिमालयनको सट्टा नयाँ बाइकमा नयाँ ४५० सीसी इन्जिन जडान गरिने छ । यसमा पनि सिंगल सिलिन्डर युनिट र लिक्विड कुल्ड इन्जिन हुनेछ ।

बाइकको पावर आउटपुटको बारेमा केही जानकारी दिइएको छैन तर यसले ४०–४५ बीएचपी र ४० एनएम टर्क दिने अपेक्षा गरिएको छ । इन्जिनलाई लो र मिड एन्ड ग्रन्टको लागि ट्युन गरिनेछ । नयाँ इन्जिन ६ स्पिड गियरबक्समा आउने अपेक्षा गरिएको छ ।

हाल उपलब्ध हिमालयनमा आयल कुल्ड ४११ सीसी, लङ स्ट्रोक इन्जिन जडान छ, जसले २५ बीएचपीको पावर र ३२ एनएमको टर्क जेनेरेट गर्छ । यो इन्जिनमा ५ स्पिड गियरबक्स जोडिएको छ ।

हिमालयन ४५० को फ्रन्टमा अप साइड डाउन फोर्क र पछाडि मोनोशक सस्पेन्सन हुनेछ । ब्रेकिङको लागि दुवै पांग्रामा डिस्क ब्रेक हुनेछ । यसमा गोलाकार डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पनि हुनेछ ।

नयाँ हिमालयन ४५० बाइकको मूल्य हाल बिक्रीमा रहेको ४११ मोडल भन्दा धेरै हुने अपेक्षा गरिएको छ । हालको मोडलको मूल्य २ लाख १६ हजार भारु रहेको छ ।

नेपाली बजारमा हाल हिमालयन उपलब्ध छैन । रोयल इन्फिल्डका बाइक नेपालमै एसेम्बल हुने गरेका छन् । हिमालयन पनि नेपालमै एसेम्बल हुने बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...