रोयल इन्फिल्डको रोपाई राइड सम्पन्न
रोयल इन्फिल्ड मोटरसाइकलको बारा पर्साका लागि आधिकारिक विक्रेता नोभस...
हिमालयन ओडिसीको १९औं एडिसन सुरु भएको छ । सो बाइक अभियान दिल्लीबाट सुरु भएर चण्डीगढ, जम्मू, कश्मीर, कारगिल र लेह हुँदै १९,०२४ फिटको उचाइमा उम्लिङ ला पुग्नेछ । त्यसपछि यी सबै यात्रु मनाली हुँदै फर्किनेछन् ।
हिमालयन ओडिसी २०२३ मा यस वर्ष नेदरल्याण्ड र सिङ्गापुर जस्ता देशका राइडर सहित ७५ राइडर्स सहभागी भएका छन् । यसमा २३ वर्ष देखि ७० वर्षसम्मका राइडर्सले सहभागिता जनाएका छन् र तीमध्ये अधिकांश राइडर्स महिला छन् । यसमा सुपर मेटियर ६५०, हिमालयन, ६५० ट्विन्स, क्लासिक ३५०, स्क्रयाम ४११, मेटियर ३५०, हन्टर ३५० र बुलेट ३५० जस्ता बाइकको प्रयोग गरिएको छ ।
यी सबै राइडरहरूले आगामी १८ दिनमा ३ हजार किलोमिटरभन्दा बढी यात्रा गर्नेछन् । तर यो वर्ष हिमाचलमा भारी वर्षा र खराब मौसमलाई ध्यानमा राख्दै राइडर्सहरु जम्मू–कश्मीर हुँदै लद्दाख जानेछन् ।
सन् १९९७ मा रोयल इन्फिल्डले हिमालयन ओडिसी सुरु गरेको थियो र त्यसबेला १५ राइडर्सले यसमा भाग लिएका थिए । पछिल्लो २६ वर्षमा १९ वटा संस्करण भइसकेका छन् र कोरोना संकटका बेला दुई वर्षसम्म आयोजना हुन सकेन ।
हिमालयन ओडिसी २०२२ एक ठूलो सफलता थियो । रोयल इन्फिल्डले यो वर्ष पर्यटकीय स्थान सुधार गर्न र पर्यटक बाइक सवारमा वातावरणको बारेमा चेतना जगाउने प्रयास गरेको छ ।
बौद्ध लामाहरूले राइडर्सलाई आशीर्वाद दिंदै उनीहरूको सहज यात्राको लागि प्रार्थना गरे । रोयल इन्फिल्डका चिफ कमर्सियल अफिसर यादविन्दर सिंह गुलेरियाले ७५ जना राइडर्सलाई वातावरणमैत्री पर्यटन प्रवद्र्धन गर्दै लिभ इभर प्लेस बेटरको सन्देश फैलाएको भन्दै सबैलाई शुभकामना दिए । उनले हिमालय हाम्रो आध्यात्मिक घर भएको बताउँदै त्यहाँ विभिन्न क्रियाकलाप मार्फत राम्रो समाज निर्माण गर्ने र वातावरणको ख्याल कसरी गर्न सकिन्छ भन्ने विषयमा सवारहरुलाई सचेत गराउने प्रयास भइरहेको बताए ।
रोयल इन्फिल्ड मोटरसाइकलको बारा पर्साका लागि आधिकारिक विक्रेता नोभस...
काठमाडौं – नेपाली बजारमा उपलब्ध रोयल इन्फिल्ड क्लासिक ३५० को मूल्य बढेको छ...
काठमाडौं – नेपाली बजारमा उपलब्ध सीएफमोटो १५० एनके सोल्ड आउट भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...