नोभेम्बर १ मा लन्च हुने रोयल इन्फिल्ड हिमालयन ४५० को प्रोडक्सन रेडी इमेज लिक, फिचर सार्वजनिक

भारतमा आगामी नोभेम्बर १ मा अफिसियल रुपमा लन्च हुने भनिएको रोयल इन्फिल्ड हिमालयन ४५० को प्रोडक्सन रेडी इमेज लिक भएको छ । यसबाट सो मोटरसाइकलको डिजाइन र फिचरको विस्तृत विवरण सार्वजनिक भएको छ । लिक तस्बिरका आधारमा यसप्रति चासो भएकाहरुले महत्वपूर्ण विवरण पाउन सफल भएका छन् ।

लिक गरिएका तस्बिरहरूले हिमालयन ४५० ले हालको मोडलको परिचित सिल्हुट कायम राखेको, तर नयाँ एलिमेन्ट सहितको फिचर उपलब्ध भएको देखाएको छ । अगाडिको छेउमा सुपर मेटियर ६५० जस्तै एलईडी हेडल्याम्प रहेको देखिन्छ। हेडल्याम्प एसेम्बली अब सीधै चेसिसमा माउन्ट गरिएको छ, जुन हालको हिमालयको सेटअपबाट अलग छ। यसबाहेक, एलईडी टर्न इन्डिकेटरहरू र स्प्लिट–टाइप फ्रन्ट फेन्डर पनि नयाँ डिजाइनको अंश बनेका छन् ।

हालको मोडलको बक्सी आकारको तुलनामा इन्धन ट्यांकी राउन्ड प्रोफाइल सहितको छ । साइड प्यानल र टेल सेक्सन खण्डले पनि डिजाइन ल्यांग्वेजलाई पछ्याएका छन् । लङ राइडमा कम्फर्ट प्रदान गर्नका लागि मोटरसाइकलमा रिडिजाइन गरिएको स्प्लिट सिट रहेको छ । पछाडि टप बक्स माउन्टिङको लागि डिजाइन गरिएको नयाँ लगेज र्याक थप गरिएको एक उल्लेखनिय फिचर हो । किकस्ट्यान्ड पनि कास्ट कन्स्ट्रक्शनको साथ परिमार्जन गरिएको छ।

हिमालयन ४५० मा सबै नयाँ चेसिसहरू प्रयोग गरिएको छ, जुन बोल्ट–अन रियर सबफ्रेमको साथ उपलब्ध छ । यस डिजाइनले विभिन्न भू–भागहरूमा यात्रा गर्नका लागि बल र स्थायित्व बढाउने अपेक्षा गरिएको छ। हालको हिमालयनको कर्ब वेट १९९ केजीलाई ध्यानमा राखी नयाँ मोडल हल्का हुने अनुमान गरिएको छ ।

रोयल एनफिल्डको पहिलो लिक्विड–कुल्ड इन्जिन हुनु र यसका आधारमा हाइलाइट गरिने पावरट्रेन यसको अर्को पक्ष हो । यसमा भएको ४५० युनिटले लगभग ३५ देखि ४० बीएचपी पावर जेनेरेट गर्ने र यसलाई ६–स्पिड गियरबक्ससँग जोडिने बताइएको छ । सो इन्जिनलाई भविष्यमा रोयल इन्फिल्डका अन्य मोडलहरूमा पनि प्रयोग गरिने अपेक्षा गरिएको छ ।

लिक गरिएको तस्बिरका आधारमा नयाँ हिमालयन ४५० को अगाडि अपसाइड–डाउन फोर्क सेटअप र पछाडि प्रिलोड–एडजस्टेबल मोनोशक छ भन्न सकिन्छ । यसमा नयाँ डिस्क ब्रेक र ड्युअल–पर्पज टायर हुने छन् । ड्युअल च्यानल एबीएस र सम्भावित ट्र्याक्सन कन्ट्रोलले बाइकलाई थप सुरक्षित बनाएको छ ।

हाल बजारमा प्रचलित केटीएम ३९० एडभेन्चर र बीएमडब्ल्यु जी ३१० जीएससँग यसको प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डको नयाँ मोटरसाइकल स्क्राम ४११ : डिजाइन, फिचर र अन्य चर्चा

रोयल इन्फिल्डको नयाँ मोटरसाइकल स्क्राम ४११ : डिजाइन, फिचर र अन्य चर्चा

रोयल इन्फिल्डले हालै आफ्नो नयाँ स्क्रायाम्बलर बाइक स्क्राम ४११ लन्च गरेको...

दमदार इन्जिनका साथ लन्च भयो रोयल इन्फिल्ड शटगन ६५०

दमदार इन्जिनका साथ लन्च भयो रोयल इन्फिल्ड शटगन ६५०

रोयल इन्फिल्डले सटगन ६५० मोटरसाइकल भारतीय बजारमा ल्याएको छ । यो केही...

हन्टर ३५० को खरिदमा १५ हजारको एसेसरिज निःशुल्क

हन्टर ३५० को खरिदमा १५ हजारको एसेसरिज निःशुल्क

काठमाडौं– रोयल इन्फिल्डको सस्तो मोटरसाइकल हन्टर ३५० खरिद गर्दा १५ हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...