रोयल इन्फिल्डले भारतमा ८ वर्ष भित्र ३ हजार करोड भारु लगानी गर्ने घोषणा, नेपालमा एसेम्बलिङ गर्दै

रोयल इन्फिल्डले ८ वर्षको अवधिमा भारतमा करिब ३ हजार करोड लगानी गर्ने घोषणा गरेको छ । यसको लागि कम्पनीले तमिलनाडु सरकारसँग सम्झौता गरेको छ ।

यो लगानी मुख्यतया नयाँ प्रोडक्ट्स, ईभीको विकास र आईसीई मोडलका लागि प्रयोग गरिने छ । यसबाट करिब २ हजार जनालाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सृजना हुने अपेक्षा गरिएको छ ।

रोयल इन्फिल्डको यो भारतमा तेस्रो म्यानुफ्याक्चरिङ कम्पनी हुनेछ । रोयल इन्फिल्डसँग पहिले नै ओरागाडम र भल्लम वडागलमा म्यानुफ्याक्चरिङको सुविधा छ, जहाँ कम्पनीको बाइक उत्पादन भइरहेको छ ।

उक्त लगानीबाट यस क्षेत्रमा ग्रीनफिल्ड र ब्राउनफिल्ड परियोजना स्थापना गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ ।

रोयल एनफिल्ड सीईओ बी गोविन्दराजनले तमिलनाडु हाम्रो घर हो, हाम्रो ईन्जिनियरिङ, प्राविधिक र निर्माण फाउन्डेशनको लागि आधार हो । तमिलनाडुमा यो रणनीतिले रोयल इन्फिल्ड एक महत्वपूर्ण कोसेढुङ्गा सावित हुने जानकारी दिएका छन् ।

नेपालमा पनि रोयल इन्फिल्डको आधिकारिक बिक्रेताको रुपमा अल्फा अटोमोटिभले कार्य गरिरहेको छ । नेपालमै बाइक एसेम्बल गरेर पछिल्लो समयमा अल्फा अटोमोटिभले ग्राहकको मन जितिरहेको र राम्रो कारोबार गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

जेरो इन्जिनियरिङको च्यारीटी राईड–२०२५ सम्पन्न

जेरो इन्जिनियरिङको च्यारीटी राईड–२०२५ सम्पन्न

काठमाडौं– जेरो इन्जिनियरिङ मोटरसाइकल प्रालिद्वारा आयोजित ३ दिने...

नेपाल सहित विभिन्न देशका २०० जना रोयल इन्फिल्ड राइडर मनाङ यात्रामा जाँदै

नेपाल सहित विभिन्न देशका २०० जना रोयल इन्फिल्ड राइडर मनाङ यात्रामा जाँदै

काठमाडौं– नेपाल, भारत, भुटान र अष्ट्रेलिया लगायत विभिन्न देशका रोयल...

आश्चर्यजनक फिचर सहित रोयल इन्फिल्डले इलेक्ट्रिक बाइक ल्याउने

आश्चर्यजनक फिचर सहित रोयल इन्फिल्डले इलेक्ट्रिक बाइक ल्याउने

रोयल इन्फिल्डले आफ्नो बाइकहरु अपडेट गर्दैछ । रिपोर्टका अनुसार कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...