आकर्षक स्टाइल र फिचरमा अब रोयल इन्फिल्डको नयाँ मोटरसाइकल स्क्राम ४११
रोयल इन्फिल्ड स्क्राम ४११ भारतमा लन्च गरिएको छ । यसको मूल्य २ लाख ३ हजार...
रोयल इन्फिल्डको नयाँ एड्भेन्चर बाइक हिमालयन ४५२ लन्च हुने मिती नजिकिएसंगै सो बाइकबारे विभिन्न जानकारीहरु वाहिर आइरहेका छन् । मिडियामा आएको पछिल्लो रिपोर्ट अनुसार सो बाइक हालको हिमालयन ४११ भन्दा ३ किलोग्राम हलुका हुने बताइएको छ । नयाँ हिमालयनको तौल १९६ किलोग्राम रहेको कम्पनीले जानकारी गराएको हो ।
सो नयाँ मोडलको पावर हिमालयन ४११ भन्दा १६ एचपीले बढी छ । हिमालयन ४११ को पावर २४ एचपी रहेकोमा नयाँ मोडलको भने ४० एपची रहेको जानकारी वाहिर आएको हो । सो बाइकको प्रतिस्पर्धीका रुपमा लिइएको केटिएम ३९० एड्भेन्चरको पावर पनि ४० एचपी नै रहेपनि तौल भने जम्मा १७७ किलोग्राम मात्र छ ।
रोयल इन्फिल्डले यसको सेतो कलर स्किमलाई ‘कामेत’ नाम दिएको छ । जुन उत्तरखण्डको दोस्रो ठूलो हिमालबाट लिइएको हो । कम्पनीले सो नयाँ मोटरसाइकलमा ‘अल न्यू’ लिक्विड कुल्ड ईन्जिन दिएको छ । नोभेम्वर ७ मा लन्च हुने सो नयाँ बाइकको अहिले भारतका बिभिन्न सडकमा परिक्षण भइरहेको छ । भारतमा लन्च भएपछि यसको नेपाल यात्रा समेत छिट्टै तय हुने अनुमान गर्न सकिन्छ ।
रोयल इन्फिल्ड स्क्राम ४११ भारतमा लन्च गरिएको छ । यसको मूल्य २ लाख ३ हजार...
काठमाडौं– रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा...
लामो समयदेखि प्रतीक्षित रोयल इन्फिल्डको नेक्स्ट जेनेरेसन मोडल आगामी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...