नयाँ हिमालयन पुरानो मोडलभन्दा हलुका र १६ एचपी बढी पावरफुल हुने

रोयल इन्फिल्डको नयाँ एड्भेन्चर बाइक हिमालयन ४५२ लन्च हुने मिती नजिकिएसंगै सो बाइकबारे विभिन्न जानकारीहरु वाहिर आइरहेका छन् । मिडियामा आएको पछिल्लो रिपोर्ट अनुसार सो बाइक हालको हिमालयन ४११ भन्दा ३ किलोग्राम हलुका हुने बताइएको छ । नयाँ हिमालयनको तौल १९६ किलोग्राम रहेको कम्पनीले जानकारी गराएको हो ।

सो नयाँ मोडलको पावर हिमालयन ४११ भन्दा १६ एचपीले बढी छ । हिमालयन ४११ को पावर २४ एचपी रहेकोमा नयाँ मोडलको भने ४० एपची रहेको जानकारी वाहिर आएको हो । सो बाइकको प्रतिस्पर्धीका रुपमा लिइएको केटिएम ३९० एड्भेन्चरको पावर पनि ४० एचपी नै रहेपनि तौल भने जम्मा १७७ किलोग्राम मात्र छ ।

रोयल इन्फिल्डले यसको सेतो कलर स्किमलाई ‘कामेत’ नाम दिएको छ । जुन उत्तरखण्डको दोस्रो ठूलो हिमालबाट लिइएको हो । कम्पनीले सो नयाँ मोटरसाइकलमा ‘अल न्यू’ लिक्विड कुल्ड ईन्जिन दिएको छ । नोभेम्वर ७ मा लन्च हुने सो नयाँ बाइकको अहिले भारतका बिभिन्न सडकमा परिक्षण भइरहेको छ । भारतमा लन्च भएपछि यसको नेपाल यात्रा समेत छिट्टै तय हुने अनुमान गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...