२०२१ मा रोल्स रोयसले हाँसिल गर्यो ऐतिहासिक सेल्स रेकर्ड

लक्जरी कार उत्पादक रोल्स रोयसले सन् २०२१ मा ऐतिहासिक सेल्स रेकर्ड हाँसिल गरेको छ । कोरोना महामारीका वावजुत ४९ प्रतिशतले बिक्री बढेपछि ११७ बर्षको इतिहासमा उसले सबैभन्दा बढी कार बिक्री गर्न सफल भएको हो । जर्मनीको बिएमडब्ल्यू ग्रुप अन्तर्गतको रोल्स रोयसले यो बर्ष ५० भन्दा बढी राष्ट्रमा कुल ५ हजार ५ सय ८६ युनिट कार बिक्री गर्दै उक्त रेकर्ड हाँसिल गरेको हो ।

सिमित संख्यामामा मात्र कार उत्पादन गर्ने रोल्स रोयसलाई ग्राहक पाउन कुनै कठिन नभएपनि उत्पादन बढाउन भने सधैं चुनौती रहँदै आएको थियो । उक्त चुनौतीलाई मध्यनजर गर्दै उत्पादन बढाउन सफल भएपछि यो बर्ष उसले यति धेरै संख्यामा कार बिक्री गर्न सफल भएको हो । बिश्वको सर्बाधिक महंगो मध्ये एक मानिने रोल्स रोयसलाई हात पार्न बिश्वभरका धनाढ्यहरु लामै समयसम्म पर्खन समेत तयार रहने गर्छन् । यो कार हात पार्न ग्राहकले अर्डर गरेको मितीबाट कम्तीमा पनि १ बर्ष भने अनिबार्य जस्तै कुर्नुपर्ने हुन्छ ।

कोभिडको समयमा अधिकांश अटो उत्पादकले समस्यामा परेको भन्दै उत्पादन कटौती गरेपनि यो अबधीमा रोल्स रोयसले भने उत्पादन बढाउने रणनिती अपनाएको थियो । अर्कोतर्फ अधिकांश विकसित राष्ट्रहरुले आवतजावतमा कडाई गरेका कारण धनाढ्य ग्राहकहरुले आफूसंग थुप्रिएर बसेको रकमलाई बिलासी कार खरिदमा लगानी गर्नतर्फ ध्यान दिए । जसका कारण चीन र अमेरिकामा यो कारको माग उच्च गतिमा बढेको र यसले महामारीका वावजुत पनि ऐतिहासिक सेल्स रेकर्ड हाँसिल गर्न सहज भएको कम्पनीका सिइओ मुलर ओटभसले बताए ।

उनले भने, ‘प्राय सबैजसो बिलासी कार उत्पादकहरु चिप अभावका कारण समस्यामा परेपनि प्यारेन्ट कम्पनी बिएमडब्ल्युले पर्याप्त मात्रामा चिप आपूर्ती गरेका कारण हामीलाई उत्पादन बढाउन सहज भएको थियो । यो बर्ष रोल्स रोयससहित बिएमडब्ल्यूको समेत बिक्री बढेर २२ लाख पुगेको छ ।’

सम्बन्धित समाचारहरू

बिएमडब्लु कारमा अव रोटरी नब र जेस्चर कन्ट्रोल फिचर नहुने

बिएमडब्लु कारमा अव रोटरी नब र जेस्चर कन्ट्रोल फिचर नहुने

बिएमडब्लुले आफ्नो कारमा आई–ड्राइभ रोटरी नब र जेस्चर कन्ट्रोल फिचर बन्द...

यस्तो छ हालै नेपाल भित्रिएको बीएमडब्ल्युको र्याली बाइक, मूल्य १४ लाख ७५ हजार

यस्तो छ हालै नेपाल भित्रिएको बीएमडब्ल्युको र्याली बाइक, मूल्य १४ लाख ७५ हजार

नेपाली बजारमा र्याली बाइक भित्रिने क्रम बढ्दो छ । यसै सन्दर्भमा हालै...

क्रसफायरले बढायो मोटरसाइकलको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

क्रसफायरले बढायो मोटरसाइकलको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा क्रसफायर मोटरसाइकल बिक्री–वितरण गरिरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...