२०२१ मा रोल्स रोयसले हाँसिल गर्यो ऐतिहासिक सेल्स रेकर्ड

लक्जरी कार उत्पादक रोल्स रोयसले सन् २०२१ मा ऐतिहासिक सेल्स रेकर्ड हाँसिल गरेको छ । कोरोना महामारीका वावजुत ४९ प्रतिशतले बिक्री बढेपछि ११७ बर्षको इतिहासमा उसले सबैभन्दा बढी कार बिक्री गर्न सफल भएको हो । जर्मनीको बिएमडब्ल्यू ग्रुप अन्तर्गतको रोल्स रोयसले यो बर्ष ५० भन्दा बढी राष्ट्रमा कुल ५ हजार ५ सय ८६ युनिट कार बिक्री गर्दै उक्त रेकर्ड हाँसिल गरेको हो ।

सिमित संख्यामामा मात्र कार उत्पादन गर्ने रोल्स रोयसलाई ग्राहक पाउन कुनै कठिन नभएपनि उत्पादन बढाउन भने सधैं चुनौती रहँदै आएको थियो । उक्त चुनौतीलाई मध्यनजर गर्दै उत्पादन बढाउन सफल भएपछि यो बर्ष उसले यति धेरै संख्यामा कार बिक्री गर्न सफल भएको हो । बिश्वको सर्बाधिक महंगो मध्ये एक मानिने रोल्स रोयसलाई हात पार्न बिश्वभरका धनाढ्यहरु लामै समयसम्म पर्खन समेत तयार रहने गर्छन् । यो कार हात पार्न ग्राहकले अर्डर गरेको मितीबाट कम्तीमा पनि १ बर्ष भने अनिबार्य जस्तै कुर्नुपर्ने हुन्छ ।

कोभिडको समयमा अधिकांश अटो उत्पादकले समस्यामा परेको भन्दै उत्पादन कटौती गरेपनि यो अबधीमा रोल्स रोयसले भने उत्पादन बढाउने रणनिती अपनाएको थियो । अर्कोतर्फ अधिकांश विकसित राष्ट्रहरुले आवतजावतमा कडाई गरेका कारण धनाढ्य ग्राहकहरुले आफूसंग थुप्रिएर बसेको रकमलाई बिलासी कार खरिदमा लगानी गर्नतर्फ ध्यान दिए । जसका कारण चीन र अमेरिकामा यो कारको माग उच्च गतिमा बढेको र यसले महामारीका वावजुत पनि ऐतिहासिक सेल्स रेकर्ड हाँसिल गर्न सहज भएको कम्पनीका सिइओ मुलर ओटभसले बताए ।

उनले भने, ‘प्राय सबैजसो बिलासी कार उत्पादकहरु चिप अभावका कारण समस्यामा परेपनि प्यारेन्ट कम्पनी बिएमडब्ल्युले पर्याप्त मात्रामा चिप आपूर्ती गरेका कारण हामीलाई उत्पादन बढाउन सहज भएको थियो । यो बर्ष रोल्स रोयससहित बिएमडब्ल्यूको समेत बिक्री बढेर २२ लाख पुगेको छ ।’

सम्बन्धित समाचारहरू

वीएमडव्लू बाइक हाँक्दै नेपाल आए दक्षिण भारतीय सुपरस्टार अजित कुमार

वीएमडव्लू बाइक हाँक्दै नेपाल आए दक्षिण भारतीय सुपरस्टार अजित कुमार

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार अजित कुमार बाइक हाँक्दै नेपाल आइपुगेका...

शाहरुख खानले खरिद गरे करोडौ पर्ने नयाँ रोल्स रोयस, पहिलो पटक देखियो सडकमा

शाहरुख खानले खरिद गरे करोडौ पर्ने नयाँ रोल्स रोयस, पहिलो पटक देखियो सडकमा

बलिउड स्टार शाहरुख खान लक्जरी कारका शौखिन कलाकार हुन् । उनले हालै लक्जरी...

अजित कुमारलाई नेपाल घुमाउने सहयोगीले पाए १९ लाखको बीएमडब्ल्यु बाइक

अजित कुमारलाई नेपाल घुमाउने सहयोगीले पाए १९ लाखको बीएमडब्ल्यु बाइक

काठमाडौँ – दक्षिण भारतीय अभिनेता अजित कुमारले आफूलाई नेपाल घुमाउन सहयोग...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...