इतिहास : रोयससँग रोल्सको भेट, जसले गर्दा रोल्स–रोयस मोटर कार्स बन्यो

हेनरी रोयस गरिब परिवारमा जन्मेका थिए र ९ वर्षकै उमेर देखि काम गर्न थालेका थिए । चार्ल्स रोस भने धनी परिवारका थिए र क्याम्ब्रिजको ट्रिनिटी कलेजमा अध्ययन गरेका थिए ।

यी दुई जना व्यक्ति फरक पृष्ठभूमिका भए पनि दुई कुरामा भने समानता थियो – दुवै जना इन्जिनियरिङ पृष्ठभूमिका थिए र दुवैले संसारकै सबैभन्दा ठूलो कार कम्पनी बनाउने इच्छा राख्थे । सन् १९०४ को मे ४ मा आजकै दिन म्यानचेस्टरको मिडल्यान्ड होटलमा आयोजना गरिएको लन्च मिटिङ पश्चात यी दुई जना बीच पार्टनरसिपको प्रारम्भ भएको थियो ।

यसरी भेटघाट हुनु भन्दा पहिले रोल्सले बेल्जियम र फ्रान्सबाट कार आयात गरी बिक्री गर्ने डिलरसिप संचालन गरेका थिए । यद्यपि उनले बेलायतकै कार बिक्री गर्न चाहन्थे । त्यसैगरी रोयसले आफ्नो इन्जिनियरिङ पृष्ठभूमिको प्रयोग गर्दै १० एचपी कार उत्पादन गर्नका लागि प्रयोग गरिरहेका थिए ।

यो समयमा रोयसका साथी तथा उनका अटोमोबाइल व्यापारका सेयर होल्डर हेनरी एडमन्ड्सले यी दुवै जनाका बीचमा समानता रहेको बुझेर दुई जनाका बीच भेटघाटको प्रबन्ध मिलाएका थिए । यसले गर्दा रोल्स रोयस मोटर कार उत्पादनका लागि हेनरी एडमन्ड्सलाई नै श्रेय दिइन्छ ।

रोल्सले तीन वा चार सिलिन्डर कार रुचाउथे । तर रोयसले उत्पादन गरेको दुई सिलिन्डर कार देखे पछि भने उनको मन बदलियो । भेटघाट पश्चात डिसेम्बरमा रोयसले जति पनि कार उत्पादन गर्छन् सबै बेच्न रोल्स तयार भए । त्यसपछि रोल्स–रोयस ब्याज समेत बन्यो ।

अनि विभिन्न छलफल पश्चात सन् १९०६ को मार्च १५ मा रोल्स–रोयस मोटर कार्स कम्पनी बन्यो । रोल्स रोयस आज संसारकै लोकप्रिय कम्पनी मानिन्छ ।

सम्बन्धित समाचारहरू

निजी सम्पत्ति र व्यवसाय क्षतिको अटो मेकानिक्स व्यवसायी संघद्वारा भर्त्सना, साधारण सभा स्थगित

निजी सम्पत्ति र व्यवसाय क्षतिको अटो मेकानिक्स व्यवसायी संघद्वारा भर्त्सना, साधारण सभा स्थगित

काठमाडौं – काठमाडौं उपत्यका भित्र रहेका सवारी साधन मर्मत गर्ने अटो...

पार्किङ गर्दा ९० प्रतिशतले राख्छन् बाइकलाई साइड स्ट्यान्डमा, तर धेरैलाई थाहा छैन यी असर

पार्किङ गर्दा ९० प्रतिशतले राख्छन् बाइकलाई साइड स्ट्यान्डमा, तर धेरैलाई थाहा छैन यी असर

बाइक बढी मत्रामा प्रयोग हुने सवारी साधन हो । बाइकबाट कुनै पनि गन्तव्यमा...

बुटवलमा अटोमोबाइल क्षेत्रका श्रमिकलाई स्वास्थ्य सुरक्षा तालिम

बुटवलमा अटोमोबाइल क्षेत्रका श्रमिकलाई स्वास्थ्य सुरक्षा तालिम

बुटवल – बुटवल अटो भिलेजका अटोमोबाइल क्षेत्रमा कार्यरत श्रमिकहरुका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...