निजी सम्पत्ति र व्यवसाय क्षतिको अटो मेकानिक्स व्यवसायी संघद्वारा भर्त्सना, साधारण सभा स्थगित

काठमाडौं – काठमाडौं उपत्यका भित्र रहेका सवारी साधन मर्मत गर्ने अटो मेकानिक्सहरुको संस्था नेपाल अटो मेकानिक्स व्यवसायी संघले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना र घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

उक्त आन्दोलनका क्रममा विभिन्न व्यवसायी लगायत अटोमोबाइल व्यवसाय र निजी सम्पत्ति माथि भएको भौतिक आक्रमणले पु-याएको क्षतिको संघले घोर भर्त्सना समेत गरेको छ । अटोमोबाइल व्यवसायीहरुका देश भरी विभिन्न स्थानमा रहेका शोरुम र सवारी साधन जलाइएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउदै आगामी दिनमा अटोमोबाइल व्यवसायलाई चुस्त दुरुस्त रुपमा पुनः उठाउन सहयोग र सहकार्य गर्ने कार्यमा संघ प्रतिबद्ध रहेको समेत जनाएको छ ।

संघले यही असोज ०४ गते शनिवार गर्ने तयारी गरेको ३१औं वार्षिक साधारण सभा एवं ११औं अधिवेशन समेत हालको विषम परिस्थितिका कारण स्थगित गर्ने निर्णय गरेको छ । संघको आज बसेको कार्यसमिति बैठकले सो निर्णय गरेको संघका महासचिव सुमनप्रसाद सुवेदीले जानकारी दिए ।

नेपाल अटो मेकानिक्स व्यवसायी संघले आगामी दिनमा सवारी साधन मर्मत सम्भार लगायत कार्यलाई निरन्तरता दिने र सरकारी निकायका क्षति भएका सवारी साधन मर्मतमा समन्वय गरी सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...