नयाँ वर्षमा हुन्डाई गाडी किन्दा आयो यस्तो अफर, नगद छुट र बोनस लगायत थप सुविधा

काठमाडौं - हुन्डार्ई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ वर्ष २०८३ को अवसरमा “हुन्डार्ईसँग शुभ यात्रा २०८३” नामक आकर्षक अफर सार्वजनिक गरेको छ ।

नयाँ वर्ष हुन्डार्ईसँग सुरु गर्न चाहने ग्राहकहरूका लागि ल्याइएको यस योजनाअन्तर्गत चयन गरिएका मोडलहरूमा १ लाख ७५ हजार रुपैयाँसम्म नगद छुट र ९६ हजार रुपैयाँसम्म नयाँ वर्ष बोनस प्रदान गरिनेछ। साथै, एक वर्षसम्म निःशुल्क बीमा र सवारी कर, मूल्यांकनसहितको एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ, जसले गाडी खरिद प्रक्रिया अझ सहज बनाउनेछ।

यसका अतिरिक्त, हुन्डार्ईले बिक्री पछिका सेवामा पनि विशेष ध्यान दिँदै ६ वर्षसम्म निःशुल्क सर्भिस र ३ वर्षको वारेन्टी सुविधा प्रदान गर्दै आएको छ ।

पछिल्ला दुई वर्षदेखि क्रेटा र भेन्यु जस्ता लोकप्रिय मोडलहरू नेपालमै एसेम्बल गर्दै आएको कम्पनीले नेपाली इन्जिनियर र दक्ष जनशक्तिको प्रयोगमार्फत औद्योगिक विकासमा योगदान पु–याइरहेको छ । करिब ५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको यस पहलले स्थानीय सीप विकासलाई समेत टेवा दिएको कम्पनीको भनाइ छ ।

ग्राहकमैत्री सुविधा र लोकप्रिय मोडलहरू सहितको यस अफरले नयाँ वर्ष २०८३ लाई अझ विशेष बनाउने लक्ष्य राखिएको कम्पनीले बताएको छ । कम्पनीले सबैलाई नयाँ वर्षको शुभकामना दिँदै नजिकको हुन्डार्ई सोरुममा गई यस अफरबारे थप जानकारी लिन आग्रह गरेको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाई टक्सनमा काठमाडौं–कन्याकुमारी सफरका लागि हिँडे तीनजना अटो ‘इन्थुजियास्ट’

हुन्डाई टक्सनमा काठमाडौं–कन्याकुमारी सफरका लागि हिँडे तीनजना अटो ‘इन्थुजियास्ट’

काठमाडौं– हुन्डाई गाडिको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी...

हुन्डाई क्यास्पर अब भ्यानमा उपलब्ध, यस्तो छ विशेषता

हुन्डाई क्यास्पर अब भ्यानमा उपलब्ध, यस्तो छ विशेषता

दक्षिण कोरियाली कार निर्माता हुन्डाई मोटरले घरेलु बजारमा गत वर्ष नयाँ...

हुन्डाई भेन्युको नयाँ टर्बाे एक्जिक्युटिभ भेरिएन्ट भारतमा लन्च

हुन्डाई भेन्युको नयाँ टर्बाे एक्जिक्युटिभ भेरिएन्ट भारतमा लन्च

हुन्डाई मोटरले आफ्नो सस्तो एसयूभी भेन्यु एक्जिक्युटिभ टर्बाे भेरिएन्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...