पार्किङ गर्दा ९० प्रतिशतले राख्छन् बाइकलाई साइड स्ट्यान्डमा, तर धेरैलाई थाहा छैन यी असर

बाइक बढी मत्रामा प्रयोग हुने सवारी साधन हो । बाइकबाट कुनै पनि गन्तव्यमा पुग्न सजिलो र सस्तो हुन्छ । तर बाइक पार्किङ गर्दा धेरैले जानी नजानी साना गल्ती गरेर बाइकलाई हानी पु-याइरहेका हुन्छन् ।

९० प्रतिशत बाइक चालकले हतारमा वा अल्छीले बाइक पार्किङ गर्दा साइड स्ट्यान्डमा छाडेको हुन्छ । बाइकलाई केही समयको लागि साइड स्ट्यान्डमा पार्किङ गर्दा कुनै समस्या नभए तापनि धेरै घण्टाको लागि पार्किङ गर्दा भने केही हानिकारक हुन सक्छ । साइड स्ट्यान्डमा बाइक पार्किङ गर्दा के बेफाइदा हुन्छ यसको बारेमा केही चर्चा गरौं ।

माइलेज
बाइक साइड स्ट्यान्डमा पार्क गर्दा २ इन्जेक्टरमा फ्युलको दबाब परेको हुन्छ । साइड स्ट्यान्ड पार्किङ गर्दा केही समय पछि सानो मात्रामा फ्युल इन्जिनमा जान सुरु हुन्छ । यो समस्या विशेषगरी इन्जिन इमोबिलाइजर नभएका बाइकमा हुने गर्छ । यस अवस्थामा फ्युल निरन्तर बर्बाद हुन्छ र बाइकको माइलेज कम हुन्छ ।

लड्ने डर
बाइक साइड स्ट्यान्डमा पार्क गरेमा लड्ने डर हुन्छ । थोरै झट्काले बाइक लड्ने र विभिन्न भागमा क्षति पु¥याउन सक्छ ।

अन्डरबडीमा क्षति
साइड स्ट्यान्ड बाइकको च्यासिससँग जोडिएको हुन्छ । बाइकलाई लगातार साइड स्ट्यान्डमा राख्नाले लोडका कारण केही समयपछि च्यासिस कमजोर हुन्छ । लामो समय पछि यसले बाइकको सन्तुलनलाई फरक पार्न सक्छ ।

अधिक ठाउँ ओगटेने
बाइकलाई साइड स्ट्यान्डमा पार्क गर्दा झुकेर खडा हुने हुनाले यसले पार्किङ स्थलमा धेरै ठाउँ ओगटेको हुन्छ । सेन्ट्रल स्ट्यान्डमा पार्क गर्दा कम ठाउँ ओगट्ने र अरुले पनि पार्किङ गर्ने ठाउँ हुन्छ ।

सम्बन्धित समाचारहरू

आयो एसी हेलमेट, गर्मीमा बाइकरको लागि वरदान

आयो एसी हेलमेट, गर्मीमा बाइकरको लागि वरदान

बाइक राइडर र ट्राफिकमा घण्टौं घाममा उभिनेहरूका लागि हैदरावादको जर्स...

कारभित्रका लामखुट्टे कसरी भगाउने ?

कारभित्रका लामखुट्टे कसरी भगाउने ?

कारलाई सफा गरे पनि यसको भित्रतिर लामखुट्टे र यस्तै विभिन्न प्रकारका रगत...

७१ हजार मूल्यको स्कुटरका लागि १५ लाखको फेन्सी नम्बर प्लेट

७१ हजार मूल्यको स्कुटरका लागि १५ लाखको फेन्सी नम्बर प्लेट

कारको लागि लाखौं रुपैयाँको फेन्सी नम्बर (भीआईपी नम्बर) लिने चलन विश्वमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...