नयाँ वर्ष २०८१ मा यसरी बनौ सडक सुरक्षाप्रति प्रतिबद्ध

विक्रम संवत २०८० साल तपाईं हाम्रो सामुबाट सधैं सधैंको लागि बिदा भएर २०८१ साल भित्रिसकेको छ । एउटा वर्ष सकिएर अर्को वर्ष आउँदै गर्दा केवल १२ महिना मात्र कटेको हुँदैन, विभिन्न आरोह अवरोहसँगै तपाईं हाम्रो जीवनमा राम्रा र नराम्रा प्रभावहरू पनि छाडेर गएको हुन्छ । कसैलाई यहीँ साल फलदायी सिद्ध हुन्छ भने कसैलाई यहीँ साल अफापसिद्ध भएको हुन्छ । 

नयाँ वर्षको पहिलो दिन मीठो खाएमा वा राम्रो ठाउँ घुमेमा वर्षभरको अवधि पनि त्यसरी नै बित्छ भन्ने मान्यताका साथ आजभोलि हामी नयाँ वर्ष मनाउने होडमा जुटिरहेका छौँ । वर्षको पहिलो एक दिनलाई मात्र मान्यता दिने अनि बाँकी दिन त्यसै–त्यसै बिताउने परिपाटीमा सुधार नगर्नेहरूका सबै नयाँ वर्षपछिका दिनहरू असफलतामा नै बित्ने निश्चित छ । वर्षको पहिलो दिन गरेको कामको सम्झना सधैँ परिरहने हुँदा पनि वर्षको पहिलो दिन मीठो खाने, राम्रो लगाउने वा शुभ कार्यको थालनी र राम्रो कामको निरन्तरता गर्नु राम्रो मानिन्छ ।

अघिल्ला धेरै वर्षदेखि हामीले नयाँ वर्ष मनाउँदै आइरहेका छौँ । नयाँ वर्षको अवसरमा अब शुभकामनाका सन्देश भन्दा पनि आफूले गर्ने नयाँ र असल कामको निरन्तरताको प्रतिबद्धता व्यक्त गर्ने नयाँ चलनको विकास गर्नु आवश्यक छ । 

भर्खरै हामीबाट बिदा भएको बर्ष २०८० मा काठमाण्डौ उपत्यकामा मात्रै सवारी दुर्घटनाबाट १ सय २६ जनाले ज्यान गुमाए । २ सय २६ जना गम्भीर र ६ हजार २ सय ४२ जना साधारण घाइते भए । यी घटनाहरू प्रति सजग, सचेत र संवेदनशील बन्दै सडक सुरक्षा प्रति सदैव प्रतिबद्ध रहने छु भनेर शपथ खाने दिनका रुपमा पनि नयाँ वर्षलाई विकास गर्न आवश्यक छ ।

त्यसैले आउनुहोस् आजको यो विशेष दिनमा दिनानुदिन बढ्दै गएको सवारी दुर्घटना र यसबाट हुने जनधनको क्षतिलाई कम गर्नका निमित्त सडक सुरक्षाका लागि निम्नानुसारका कुराहरूमा दृढ संकल्पित बनौं ।

सडक सुरक्षा प्रतिबद्धता
म तीव्र गतिमा सवारी चलाउँदिन ।
म जेव्राक्रसिङमा सदैव पैदलयात्रुलाई प्राथमिकता दिन्छु ।
म जथाभावि ओभरटेक गर्दिन । सुरक्षित अवस्थामा सडकको दाहिने साइडबाट मात्र ओभरटेक गर्छु ।
म लेन अनुशासनको पूर्ण पालना गर्छु ।
म सवारी साधन चलाउँदा मोवाइल फोनको प्रयोग गर्दिन ।
म मादक पदार्थ तथा लागु पदार्थ सेवन गरेर कहिल्यै पनि सवारी साधन चलाउँदिन ।
म अत्यावश्यक अवस्थामा बाहेक हर्नको प्रयोग गर्दिन ।
म सवारी साधनको नियमित निरीक्षण तथा मर्मत सम्भार गर्छु ।
म ट्राफिक नियम, गति सिमा, सडक संकेत र चिन्हहरूको सदैव पालना गर्छु ।

    नयाँ वर्षको उपलक्ष्यमा प्रस्तुत प्रतिबद्धतालाई यात्राका बखत ध्यान दिंदै वास्तविक कार्यान्वयनको थालनी गर्न सकियो भने तपाईं हाम्रो यात्रा अनि गन्तव्य सुरक्षित हुनेछ । तपार्इंका बाँकी यात्रा अनि गन्तव्यहरू पनि सदैव सहज र सुरक्षित रहोस् ।

  नव वर्षको पावन अवसरमा तपाईं सबै सबैमा हार्दिक शुभ कामना ।

सम्बन्धित समाचारहरू

यातायात मन्त्रिकै गाडीलाई जरिवाना !

यातायात मन्त्रिकै गाडीलाई जरिवाना !

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मत इश्तियाक राईको गाडीलाई...

सूर्यविनायक–धुलिखेल सडक विस्तार पुनः थालिने, ७ अर्बको टेन्डर हुँदै

सूर्यविनायक–धुलिखेल सडक विस्तार पुनः थालिने, ७ अर्बको टेन्डर हुँदै

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको...

काठमाडौँ जोड्ने सबै नाका ठप्पः २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति

काठमाडौँ जोड्ने सबै नाका ठप्पः २३ राजमार्गका ६८ ठाउँमा पूर्ण क्षति

काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी र पहिरोले काठमाडौँ जोड्ने राजमार्ग...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...