नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ राउन्ड ३ मा यी राइडर भए विजयी

पोखरा – गत आइतबार पोखरा रंगशालामा नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ राउन्ड ३ सम्पन्न भएको छ ।

नेशनल क्याटोगरीमा श्रीहरी पौडेल प्रथम, रितेश खत्री द्वितीय र दिलिप दनुवार तृतीय भए ।सबैमा गरी कुल ५० राइडरले भाग लिएका थिए ।

त्यस्तै नेभिसमा बिबेक पाण्डे पहिलो, दिपेश बलामी दोस्रो र रुमु ह्याङ राई तेस्रो भए ।

पहिलो हुनेलाई ५० हजार, दोस्रो हुनेलाई ४० हजार र तेस्रो हुनेलाई ३० हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यो भन्दा पहिले शनिबार सम्पन्न प्रथम गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगितामा काठमाडौंका सुरज घिमिरेले पहिलो स्थान हासिल गरे । काभ्रेका आशुतोष ध्वजु दोस्रो र भक्तपुरका दिलीप दनवार तृतीय भए । उनीहरुले क्रमशः ५० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाएका थिए ।

विजयीलाई लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालका डिस्ट्रिक्ट गभर्नर लायन मिलन थापा र पिडिजी तथा मल्टिपल कन्भेन्सन चियरपर्सन लायन ध्रुब धापा लगायतले पुरस्कार वितरण गरे ।

रोड रेसिङ च्याम्पियनसिप अन्तर्गत यस अघि दुई वटा सिरिज सम्पन्न भइसकेका छन् । पोखरामा भएको यो तेस्रो सिरिज हो । आगामी दिनमा समेत यस्तो कार्यक्रम आयोजना गर्दै जाने नेपाल रोड रेसिङ च्याम्पियनसिपको आयोजक मोटर स्पोर्ट्स नेपाल क्लबका अध्यक्ष सर्जल वैद्यले बताए ।

सो च्याम्पियनसिपको पर्फमेन्स पार्टनर शेल लुब्रिकेन्ट रहेको थियो । यस वाहेक भिडोल, गल्फ, पेट्रोनस र क्यास्ट्रोल लुब्रिकेन्ट समेत पार्टनर रहेका थिए । त्यसैगरी सेफ्टी ई–बाइक पार्टनर ग्यारो इलेक्ट्रिक स्कुटर र इक्विपमेन्ट पार्टनर हिट्को रहेका थिए ।

सम्बन्धित समाचारहरू

मध्यपूर्व तनावको असर: २०२६ कतार मोटोजीपी रेस नोभेम्बरसम्मका लागि स्थगित

मध्यपूर्व तनावको असर: २०२६ कतार मोटोजीपी रेस नोभेम्बरसम्मका लागि स्थगित

मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र बिग्रँदै गएको सुरक्षास्थितिका कारण २०२६...

बजाज, टीभीएस, यामाहा र सुजुकीको सहयोगमा रेसिङ च्याम्पियनसिप हुँदै, लुब्रिकेन्ट पार्टनर शेल

बजाज, टीभीएस, यामाहा र सुजुकीको सहयोगमा रेसिङ च्याम्पियनसिप हुँदै, लुब्रिकेन्ट पार्टनर शेल

काठमाडौं – आगामी शुक्रबार र शनिबार नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४...

एमएमएससी नेपाल टीभीएस रेसिङ सम्पन्न, श्रीहरि पौडेलको शानदार जित

एमएमएससी नेपाल टीभीएस रेसिङ सम्पन्न, श्रीहरि पौडेलको शानदार जित

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को बहुप्रतिक्षित कार्यक्रम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...