राइडिङ शेयर एप ‘सवारी’को ब्राण्ड एम्बेस्डरमा हरिस नियुक्त

काठमाडौं । नेपाली युवाहरु मिलेर बनाएको राइडिङ शेयर एप ‘सवारी’को ब्राण्ड एम्बेस्डरमा हरिस निरौला ९कक्रोज० नियुक्त भएका छन् । सवारीले राजधानीमा सोमबार आफ्नो सेवा उद्घाटनसँगै कक्रोजलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो ।

हाल काठमाडौं, भक्तपुर र ललितपुरलाई आधार बनाएर विभिन्न राइडिङ शेयर एप बनाए तापनि सवारीले देशका विभिन्न प्रमुख शहरहरुमा बाइक, कार, ट्याक्सी र ट्याम्पोको सेवा दिने जनाएको छ । यसका लागि मोबाइलमा सवारी एप डाउनलोड गरी सजिलैसँग अनलाइन सेवा लिन सकिनेछ ।

कार्यक्रममा बोल्दै कक्रोजले बजारमा आएका विभिन्न राइडिङ शेयर एप भए तापनि ती सबै विदेशी लगानी र उत्पादन भएको र त्यसबाट नेपाली रकम बाहिर गएको जिकिर गरे । सवारी नितान्त नेपाली युवाहरुले निर्माण गरेको हुँदा सबैले यसलाई प्रयोग गर्न अनुरोध पनि गरे ।

आफू सवारीको प्रचारप्रसारको लागि सदैव जिम्मेवार रहने बताउँदै कक्रोजले यस सवारी एपले आफ्ना दर्शक तथा सेवाग्राहीलाई पुर्ण सन्तुष्टि दिनेमा विश्वस्त रहेको बताए ।

कार्यक्रमका प्रमुख अथिति नीर शाहले सवारीले अन्य विदेशी कम्पनीका राइडिङ शेयर कम्पनीलाई चुनौती दिएर सेवा प्रदान गर्नेमा विश्वास रहेको बताए । त्यस्ता कम्पनीहरुले आफ्नो प्रभाव बढाउन सवारीलाई बद्नामसमेत बनाउन विभिन्न कार्य गर्न सक्ने संकेत गर्दै उनले त्यसप्रति चनाखो हुँदै सुरक्षित, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्न सुझाव दिए ।

विशेष अथिति दीपक आचार्य ९काकु०ले सवारीले देशमै रोजगारीको सिर्जना गर्न टेवा पु¥याउनेमा विश्वास व्यक्त गर्दै स्वदेशी उत्पादन र विचारलाई प्रोत्साहन गर्न अनुरोध गरे ।

नेपाली युवाहरु प्रसिद्ध नेपाल र खगेन्द्र नेपाल दुई जना मिलेर यो सेवा सुरु गरेका हुन् । सवारीका प्रमुख निर्देशक प्रसिद्धले आफूहरुले ग्राहकको सुरक्षा, सुविधा र चुस्त दुरुस्त, सर्वसुलभ रुपमा सेवा प्रदान गर्न कटिबद्ध रहेको बताए ।

सम्बन्धित समाचारहरू

संसारकै पहिलो फोल्डिङ स्टेयरिङ ह्विल, २०२६ देखि उत्पादन सुरु हुने

संसारकै पहिलो फोल्डिङ स्टेयरिङ ह्विल, २०२६ देखि उत्पादन सुरु हुने

अटोमोटिभ सुरक्षा कम्पनी अटोलिभ र प्रविधि कम्पनी टेन्सरले मिलेर संसारको...

हुम्ला-काठमाडौँ बस सेवा सुरु

हुम्ला-काठमाडौँ बस सेवा सुरु

काठमाडौँ। हुम्ला-काठमाडौँ बस सेवा सुरु भएको छ । हुम्लादेखि काठमाडौँसम्म...

सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै

सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको काम प्रदेशस्तरबाटै

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...