यस्तो हुनेछ उत्तरी मोरङको राजारानीमा हुने राइडर्स मिटको आकर्षण

ओझेलमा परेका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले उत्तरी मोरङको लेटाङ–१ स्थित राजारानी पोखरी क्षेत्रमा नेपाल राइडर्स मिट हुने भएको छ ।

रोयल इन्फिल्ड मोटरसाइकलका प्रयोगकर्ताले स्थापना गरेको संस्था फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपाल (फोरे नेपाल) को आयोजनामा राइडर्स मिटको छैटौं संस्करण हुन लागेको हो । सोमबार राजारानी पोखरी परिसरमा पत्रकार सम्मेलन गरी फागुन २५, २६ र २७ गते कार्यक्रम आयोजना हुने जानकारी दिइएको छ।

आयोजक संस्था फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपालका अध्यक्ष सुनील मानन्धर (डायमन्ड) ले तीन दिन सञ्चालन हुने सम्मेलनमा नेपाल र भारतबाट ३५० जना रोयल इन्फिल्ड मोटरसाइकलका प्रयोगकर्ता सहभागी हुने बताए । उनका अनुसार रोयल इन्फिल्ड प्रयोगकर्ताले नेपालमा ५२ वटा क्लब दर्ता गरेका छन् ।

त्यस्तै भारतका सात वटा क्लबसँग समन्वय रहेको छ । अन्य देशबाट व्यक्तिगत रूपमा सहभागी पनि आउन सक्ने देखिएको छ । फ्रेन्ड्स अफ रोयल इन्फिल्ड नेपालले हरेक वर्ष देशका विभिन्न पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले यस खालका सम्मेलन गर्दै आएको छ । यसअघि बर्दिया, पोखरा, मुस्ताङ, सुनसरी, हेटौंडा, चितवनलगायतका ठाउँमा सम्मेलन सञ्चालन भइसकेका छन् । आकर्षक पर्यटकीय क्षेत्र राजारानी ओझेलमा परेको भन्ने जानकारी पाएपछि सम्मेलनको स्थल राजारानी छनोट भएको अध्यक्ष मानन्धरको भनाइ छ ।

कार्यक्रमका लागि नेपाल पर्यटन बोर्ड, लेटाङ नगरपालिकासहित विभिन्न व्यापारिक कम्पनीले प्रायोजन गरेका छन् । तीनदिने बसाइका क्रममा बाइक रेसलगायतका विभिन्न खेल खेलाउने, स्थानीय संस्कृति अवलोकन गर्ने तथा यस क्षेत्रको पर्यटन प्रवर्धनका लागि फोटो भिडियोमार्फत प्रचारप्रसार गर्ने बताइएको छ।

कार्यक्रमका लागि राजारानी पोखरी आसपासको क्षेत्रमा व्यापक तयारी भइरहेको छ। सहभागीहरू सुत्नका लागि टेन्ट हाउस निर्माण, अस्थायी शौचालय तथा बाथरुम निर्माण, भान्साघर निर्माणलगायतका काम भइरहेका छन् । जसका लागि लेटाङ नगरपालिकाले समेत सहयोग गरेको छ।

सो अवसरमा स्थानीय मगर समुदायको सांस्कृतिक हुर्रानाचसमेत प्रदर्शन गर्ने कार्यक्रम रहेको राजारानी पर्यटन विकास समिति अध्यक्ष सुजन मगरले जानकारी दिएका छन् । सहभागीको सुरक्षाका लागि कार्यक्रम अवधिभर राजारानी मन्दिर क्षेत्रमा पूजापाठ गर्नेबाहेकका व्यक्तिलाई प्रवेश निषेध गरिने छ ।

राजारानी क्षेत्र धिमाल जातिको उद्गम थलोका रूपमा मानिन्छ । यहाँ रहेको धिमाल थानमा हरेक वर्ष वैशाख २ गते धिमाल जातिले विशेष पूजा गर्ने गर्दछन् । यस्तै राजारानी क्षेत्र एकै ठाउँमा धेरै प्रकारका सुनाखरी पाउने स्थान हो । यहाँ ४८ प्रजातिका सुनाखरी पाइने बताइन्छ । यस्तै यहाँ विभिन्न दुर्लभ चराचुरुङ्गी, कछुवा, माछा, सर्पलगायतका जलचरसमेत पाइन्छन् ।

सम्बन्धित समाचारहरू

नेपाल सहित विभिन्न देशका २०० जना रोयल इन्फिल्ड राइडर मनाङ यात्रामा जाँदै

नेपाल सहित विभिन्न देशका २०० जना रोयल इन्फिल्ड राइडर मनाङ यात्रामा जाँदै

काठमाडौं– नेपाल, भारत, भुटान र अष्ट्रेलिया लगायत विभिन्न देशका रोयल...

लन्च भएको एक महिनामै हन्टर बन्यो रोयल इन्फिल्डको सर्बाधिक बिक्री हुने दोस्रो मोटरसाइकल

लन्च भएको एक महिनामै हन्टर बन्यो रोयल इन्फिल्डको सर्बाधिक बिक्री हुने दोस्रो मोटरसाइकल

रोयल इन्फिल्ड हन्टर लन्च भएको एक महिनामै सबैभन्दा बढी बिक्री हुने दोस्रो...

रोयल इन्फिल्डका मोटरसाइकल नेपालमै एसेम्वल हुने, वार्षिक ८ हजार युनिट उत्पादन गर्ने लक्ष्य

रोयल इन्फिल्डका मोटरसाइकल नेपालमै एसेम्वल हुने, वार्षिक ८ हजार युनिट उत्पादन गर्ने लक्ष्य

रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक त्रिवेणी समुहले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...