पर्फमेन्स सेग्मेन्टमा प्रिमियम बिद्युतिय मोटरसाइकल ल्याउँदै हिरो
विश्वको सबैभन्दा ठूलो दुई पाङ्ग्रे ब्रान्ड हिरोले नयाँ मिड साइज...
काठमाडौं – हिरो मोटोकर्पले १०० मिलियन अर्थात १० करोड युनिट मोटरसाइकल र स्कुटर उत्पादन गरेको अवसरमा संसारभर विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । यसै सन्दर्भमा नेपालका लागि हिरोको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिको आयोजनामा शनिबार काठमाडौं र पोखरामा ‘राइड फर रियल हिरोज’ कार्यक्रम आयोजना गरिएको छ ।
काठमाडौंमा ग्रान्डी सिटी हस्पिटल र पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ती सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रममा हिरो एक्सपल्स २०० मोटरसाइकल राइडरहरु सहभागी थिए ।
कोभिड किट अन्तर्गत एउटा हस्पिटलमा ७५ थान पीपीई सेट, ५० बक्स डिस्पोजेबल मास्क, १० बक्स डिस्पोजेबल ग्लोभ्स, ५० थान एन ९५ मास्क, ५ लिटर क्षमताको १० जार स्यानिटाइजर वितरण गरिएको हो ।
काठमाडौंमा कोभिड किट वितरण पश्चात शिवपुरी रिसोर्टमा पु¥याएर विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा सहभागी गराइएको थियो । लन्च पश्चात कार्यक्रम समापन गरिएको थियो ।
हिरोले गत जनवरी २१ मा पहिलो पटक १०० मिलियन युनिटको रुपमा एक्स्ट्रिम १६०आर मोटरसाइकल सार्वजनिक गरेको थियो । सो अवसरमा हिजो विश्वका १०० वटा देशमा कोभिड किट वितरण गरिएको छ ।
विश्वको सबैभन्दा ठूलो दुई पाङ्ग्रे ब्रान्ड हिरोले नयाँ मिड साइज...
काठमाडौं– नेपाल जेनरल मार्केटिङले हिरो मोटरसाइकल तथा स्कुटरको वारेन्टी...
भारतमा हिरो र हार्ले मिलेर बनाएको हिरो माभरिक मोटरसाइकलको डेलिभरी शुरु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...