बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– सीजी मोटर्सले नेपाल ल्याएको इलेक्ट्रिक पिकअप रिडारा आरडी ६ लाई ग्राहकहरूले अव ९ लाख ९९ हजार डाउन पेमेन्टमै खरिद गर्न पाउने भएका छन् ।
विद्युतीय मोबिलिटीलाई अझै पहुँचयोग्य, विश्वासिलो र सुविधा सम्पन्न बनाउने उद्देश्यका साथ रिडारा आरडी ६ मा नयाँ अफर ल्याइएको कम्पनीले जनाएको छ । यस विशेष अफरअन्तर्गत ग्राहकले आकर्षक क्यास ब्याक निःशुल्क एसेसोरीज र ३ लाखसम्मको एक्सचेन्ज टप–अप बोनस पाउने छन् ।
रिडारा आरडी सिक्स टु–ह्विल ड्राइभमा ६३ किलोवाट आवरको ब्याट्री प्याक र २०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । उक्त सिंगल मोटरले ३८५ एनएम टर्क दिन्छ भने ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ३७७ किलोमिटर रेन्ज पाउन सकिन्छ ।
गिलीको एमएपी प्लेटफर्ममा आधारित यो पिकअपमा इन्डिपेन्डेन्ट सस्पेन्सन जडान गरिएको छ, जसले नेपाली सडकमा अझै आरामदायी र स्थिर यात्रा सुनिश्चित गर्छ । रिडारा आरडी ६ मा १२०० लिटर क्षमताको कार्गो बेड, ७० लिटरको फ्रन्ट ट्रंक, र भीटूएल (भेहिकल टू लोड) प्रविधि जडान गरिएको छ, जसले गाडीमार्फत बाह्य उपकरण चार्ज गर्न सकिने सुविधा दिन्छ ।
कम्फर्ट, इकोनोमी र अफ रोड गरी कुल तीनवटा ड्राइभ मोड प्रयोग गर्न सकिने यस पिकअपमा ३६० डिग्री क्यामेरा, म्याट्रिक्स एलईडी हेडलाइट र ६६ प्रतिशत हाई स्ट्रेन्थ स्टीलले बनेको मजबुत बडी दिइएको छ ।
सुलभ चार्जिङ र सेवाका लागि सीजी मोटर्सले देशभर २६० भन्दा बढी चार्जिङ स्टेसन र २० भन्दा बढी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...