१५० किलोमिटर रेन्ज दिने रिभोल्टको नयाँ मोटरसाइकल लन्च

रिभोल्ट मोटर्सले आरभी ४०० को नयाँ भेरिएन्ट आरभी४०० बीआरजेड इलेक्ट्रिक मोटरसाइकल लन्च गरेको छ । सो मोटरसाइकलको मूल्य १ लाख ३८ हजार भारु निर्धारण गरिएको हो । सो नयाँ मोटरसााइकलमा हेक्सागोनल एलईडी हेडल्याम्प, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, डुअल टोन बडीवर्क र सिंगल–पीस सिट दिइएको छ ।

कम्पनीले यसमा ३.२४ किलोवाट आवरको ब्याट्री प्याक जडान गरेको छ भने यसले सिंगल चार्जमा १५० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यसमा इको, नर्मल र स्पोर्ट गरी तीनवटा सवारी मोड छन् ।

नर्मल र स्पोर्ट मोडमा अधिकतम रेन्ज क्रमशः १०० किमी र ८० किमी छ । कम्पनीका अनुसार ब्याट्री ३ घण्टामा ० देखि ७५ प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने फुल चार्ज गर्न ४ घण्टा ३० मिनेट लाग्नेछ ।

यसमा अपसाइड–डाउन फोर्क र पछाडि मोनोशक लगाइएको छ । आकर्षक एलोई ह्विल दिइएको बाइकको दुवै चक्कामा डिस्क ब्रेक पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

सीजी मोटर्सद्वारा एकैपटक २५ किङलङ १४ सिटर इलेक्ट्रिक भ्यान हस्तान्तरण

सीजी मोटर्सद्वारा एकैपटक २५ किङलङ १४ सिटर इलेक्ट्रिक भ्यान हस्तान्तरण

काठमाडौं – चौधरी ग्रुुप अन्तर्गत सीजी मोटर्सले सुपर माउन्ट एभरेस्ट...

प्रिमियम इलेक्ट्रिक ब्रान्ड प्योर ईभीको नेपालमा एक वर्ष पुरा

प्रिमियम इलेक्ट्रिक ब्रान्ड प्योर ईभीको नेपालमा एक वर्ष पुरा

काठमाडौं – नेपाली बजारमा भारतीय प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड प्योर...

टाटाको ईभी : भारतमा लन्च नहुँदै नेपालमा अत्यधिक चर्चा, कहिले आउला नेपाल

टाटाको ईभी : भारतमा लन्च नहुँदै नेपालमा अत्यधिक चर्चा, कहिले आउला नेपाल

टाटा मोटर्सले हालै भारतीय बजारमा सार्वजनिक गरेको इलेक्ट्रिक कार टियागो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...