याडियाको सस्तो स्कुटर आउँदै, १० हजारमा वुकिङ गर्न सकिने
याडिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले सस्तो...
काठमाडौं–इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड रिभोल्ट नेपाल भित्रिएको छ । रिभोल्टको नेपालका लागि आधिकारिक वितरक एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइलले आइतबार एक कार्यक्रम आयोजना गरी यस ब्रान्डलाई औपचारिक रुपमा सार्बजनिक गरेको हो ।
भारतमा राम्रो चर्चा कमाएको रिभोल्टका पाँच मोडल आरभी१, आरभी१ प्लस, आरभी ब्लेजएक्स, आरभी४०० बीआरजेड र आरभी४०० मोटरसाइकल अब नेपाली बजारमा समेत उपलब्ध हुनेछन् । यी मोटरसाइकलको मूल्य क्रमशः २ लाख ९९ हजार, ३ लाख ४९ हाजार, ३ लाख ९९ हजार, ४ लाख १९ हजार र ४ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
आरभी१ वाहेक अन्य सबै मोडलमा ३.२४ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । आरभी१ मा भने २.२ किलोवाट आवरको ब्याट्री छ । त्यसगरी आरभी१ र आरभी१ प्लसमा २.८४ किलोवाटको पिक मोटर पावर र १.७९ किलोवाटको रेटेड मोटर पावर छ ।
अन्य तीन मोडलमा क्रमशः ४.०८, ४.१ र ३.९ किलोवाटको पिक मोटर पावर छ भने रेटेड मोटर पावर लगभग समान २.८ किलोवाट छ । यी मोटरसाइकलमा रिभोल्टले आईपी ६७ रेटेड ब्याट्री प्याक उपलब्ध गराएको छ ।
सिंगल चार्जमा १५० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको रिभोल्ट मोटरसाइकललाई फास्ट चार्जरको साहयतामा ८० मिनेटमै शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
कम्पनीले यी मोटरसाइकलको ब्याट्रीमा ५ वर्ष अर्थात ७५ हजार किलोमिटरको वारेन्टी र चार्जरमा २ वर्षको वारेन्टी दिएको छ ।
याडिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले सस्तो...
स्पेन सरकारले विद्युतीय सवारी साधन किन्न सहयोग गर्ने ‘मुभ–३’ योजना सन्...
कोरोना महामारी शुरु भएयता नेपालमा पेट्रोलियम पदार्थको मूल्य आकाशिंदै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...