लाइसेन्सको लाइन समस्या क्रमश: समाधान हुँदै गएको दाबी
काठमाडौं । यातायात सेवा प्रवाहलाई डिजिटल, पारदर्शी र झन्झटमुक्त बनाउने...
काठमाडौं – यातायात व्यवस्था कार्यालय मोटरसाइकल काठमाडौले दलाल मार्फत काम नगर्न सेवाग्राहीहरुलाई आग्रह गरेको छ। कार्यालयले सूचना जारी गर्दै कार्यालयमा बाइक सम्बन्धी सबै काम गर्न जाँदा दलाल मार्फत काम नगर्न आग्रह गरेको हो। दलालहरुले आम नागरिकलाई धेरै दुःख दिएको र सुलभ रुपमा हुने सेवालाई महँगो बनाएको कार्यालयको भनाइ छ।
यसलाई कम गर्न सेवाग्राही र सेवा प्रदायक बीच राम्रोसँग काम गर्ने वातावरण बनाउन कार्यालय लागि परेको गुर्जधारा कार्यालय प्रमुख हरिहर पोखरेलले बताए।
यसमा कार्यालयभित्रैकै कर्मचारीको समेत संलग्नता रहेको भन्ने आंशका रहेको पोखरेलले बताए। त्यसैले दलालबाट नभइ आफै र सहायता कक्षमार्फत मात्र आफ्ना काम गर्न आग्रह गरिएको पोखरेलको भनाइ छ।
यस कार्यालयबाट प्रदान गरिने सेवा सहजीकरणका लागि सेवा प्राप्त गर्दा आवश्यक पर्ने फारामहरूको नमूना कार्यालय परिसरमा टाँस गरिएको उक्त सूचनामा उल्लेख गरिएको छ।
यसैगरी, कुनै कुरामा द्विविधा वा अस्पष्ट भएमा वा लेखपढ गर्न नजान्नेका लागि फाराम भर्न सहयोगका लागि नागरिक सहायता कक्षको समेत व्यवस्था गरिएको कार्यालयले जनाएको छ। यसले गर्दा सेवा लिन आउनेहरु कुनै पनि दलालको फन्दामा जानु नपर्ने अवस्था सिर्जना हुने पोखरेल बताउँछन्।
यस्तै, कार्यालयबाट प्रवाह गरिने सबै प्रकारका सेवाहरूमा कुनै पनि व्यक्ति वा संस्थाको संलग्नता आवश्यक नपर्ने कार्यालयले सूचनामा प्रष्ट रुपमा खुलाएको छ।
साथै, मोटरसाइकल, स्कुटर लगायतका दुई पांग्रे सवारी साधन दर्ता नवीकरण नामसारी, सरुवा सहमति, सवारी कर भुक्तानी, नवीकरण लगायतका सम्पूर्ण सेवाको कार्य सरल र सहज रहेको कार्यालयको दावी छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...