एकैदिन २ हजार ५५ जना ट्राफिक कारबाहीमा, २२ लाख ११ हजार राजस्व सङ्कलन
काठमाडौँ–बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको...
गाडीको रङले दुर्घटनाको सम्भावनालाई प्रभाव पार्न सक्छ । यो सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो । विभिन्न अनुसन्धान र दुर्घटनासम्बन्धी तथ्यांकअनुसार कालो, खरानी (ग्रे) र निलो जस्ता गाढा रङका गाडी सेतो वा हल्का रङका गाडीभन्दा बढी दुर्घटनामा पर्नेको सङ्ख्या धेरै रहेको छ।
विज्ञहरुका अनुसार कार किन्दा हल्का र गाढा रङका कारको बारेमा स्पष्ट हुनुपर्छ । गाढा रङको कारमा दुर्घटनाको जोखिम बढी हुन्छ भने हल्का रङको कारमा दुर्घटनाको सम्भावना कम हुन्छ । यो एकदमै साधारण कुरा हो, तर अर्को महत्त्वपूर्ण कुरा के हो भने कुन गाढा रङ बढी खतरनाक हुन्छ त ?
रिपोर्टका अनुसार ६० प्रतिशत भन्दा बढी रातो कार दुर्घटनामा परेको छ, जसले गर्दा रातो रङ सबैभन्दा खतरनाक रङको सवारी साधन बनेको छ । उच्च गतिको लागि बनाइएको धेरैजसो स्पोर्ट्स कार रातो रङको हुन्छ, जुन धेरै दुर्घटनामा पर्ने गरेको छ । यसले पनि रातो रङलाई बढी खतरनाक मानिएको अनुमान गर्न सकिन्छ ।
कालो कार राति कम देखिने भएकाले कालो रङको कार दुर्घटनामा पर्न सक्ने सम्भावना सबैभन्दा बढी हुन्छ। साथै खैरो रङको कार सडकको रङसँग मिल्न सक्ने भएकाले अन्य चालकका लागि देख्न गाह्रो हुन सक्छ । जसले गर्दा दुर्घटनामा हुन सक्छ । खैरो रङको ५९ प्रतिशत कार दुर्घटनामा पर्ने गरेको छ ।
हल्का रङका कार रातको अँध्यारोमा प्रकाश पर्दा सजिलै देखिन्छ, जबकि गाढा रङका कार कहिलेकाहीं अचानक देखिँदैन वा टाढाबाट देखिँदैन । यही कारणले गर्दा सेतो र पहेंलो रङका कारमा कम दुर्घटना हुन्छ र सजिलै देखिन्छ । दुर्घटनाको सम्भावना कम गर्न सेतो, पहेँलो वा सुन्तला रङको गाडी किन्नु राम्रो हुन्छ । कालो, खैरो वा निलो गाडी भने राति वा कम उज्यालो स्थानमा दुर्घटनाको जोखिम बढी हुने कार हुन् ।
काठमाडौँ–बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको...
काठमाडौं – आज दिनभर जसो काठमाडौंका विभिन्न स्थानमा सवारी आवागमन...
प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जेठ ८ गतेको मन्त्रीस्तरीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...