जेके टायर किन्दा फ्रि रेनकोट
काठमाडौं – जेके टायरको नेपालका लागि आधिकारिक वितरक डेल्टा...
गर्मी मौसम सुरु भइसकेको छ । चर्को घाम र तातो हावाले सडक पनि तातो हुन्छ । तातो सडक सवारी साधनका लागि धेरै चुनौतीपूर्ण हुन्छ । यी चुनौती मध्ये एक टायरको उचित मर्मतसम्भार हो । तातो सडकले सवारी साधनको टायरमा केही असर गरेको हुन्छ ।
टायरमा विशेषगरी साधारण हावा वा नाइट्रोजन ग्यास गरी दुई प्रकारका ग्यासहरू भरिने गरिन्छ । टायरको चाप उचित रूपमा कायम राख्दा गाडीको परफर्मेन्स राम्रो हुनुका साथै माइलेज बढाउन र सेफ्टी सुनिश्चित गर्न पनि मद्दत गर्छ । गर्मी मौसममा टायरको चापमा असर पर्न सक्ने भएकाले कुन ग्यास उपयुक्त हुन्छ भनेर जान्नु महत्त्वपूर्ण हुन्छ ।
सामान्य हावा
सामान्यतया टायरमा हावा भरिन्छ। यसमा लगभग ७८ प्रतिशत नाइट्रोजन, २१ प्रतिशत अक्सिजन र १ प्रतिशत अन्य ग्यास हुन्छ । यो जताततै सजिलै उपलब्ध हुन्छ र कम लागतमा टायरमा भर्न सकिन्छ । सामान्य हावा भरिएको टायर प्रयोग गर्दा केही बेफाइदा हुन्छ । गर्मीको कारण टायर भित्रको तापक्रम बढ्छ, जसका कारण हावाको चाप पनि बढ्न सक्छ। जसको प्रत्यक्ष असर टायरमा पर्छ र त्यसले टायरलाई क्षति पनि पुर्याउन सक्छ।
नाइट्रोजन ग्यास
नाइट्रोजन ग्यासले भरिएको टायर राम्रो विकल्पको रूपमा हेरिएको छ। यसमा आर्द्रता र अक्सिजनको मात्रा नगण्य हुन्छ। गर्मीमा यसलाई प्रयोग गर्नुको फाइदा भनेको तापक्रममा हुने उतारचढावसँगै यो फैलिन्छ वा संकुचित हुन्छ । यसले टायरमा चाप स्थिर राख्छ, जसले गर्दा टायरको आयु बढ्छ र ड्राइभिङ सुरक्षित हुन्छ । नाइट्रोजनले रबरलाई अक्सिजनबाट जोगाउनुका साथै रिममा खिया लाग्ने समस्यालाई पनि कम गर्छ । तर, यसलाई रिफिल गर्ने सुविधा सबैतिर उपलब्ध हुँदैन र यसको लागत पनि सामान्य हावाभन्दा बढी छ ।
गर्मीको लागि कुन राम्रो हुन्छ?
गर्मीयामका टायरको परफर्मेन्स मौसमको तीव्रता, सडकको अवस्था र ड्राइभिङमा निर्भर गर्दछ । दैनिक प्रयोगको लागि सामान्य हावा पर्याप्त हुन्छ, विशेष गरी नियमित रूपमा टायरको चाप जाँच गर्नेका लागि । तर लामो दूरीको यात्राको लागि टायरमा नाइट्रोजन ग्यास राम्रो विकल्प हुन सक्छ । यसले इन्धन खपत पनि कम गर्छ ।
काठमाडौं – जेके टायरको नेपालका लागि आधिकारिक वितरक डेल्टा...
‘ड्राइभर दाइलाई मन पर्ने टायर, गोरखकाली रबर उद्योग भएर’ कुनै समय...
काठमाडौं – जेके अफ द रोड टायरको नेपालको लागि आधिकारिक बिक्रेता डेल्टा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...