ईभी आयातमा रेकर्ड ब्रेक, गत आर्थिक वर्षमा भित्रिए झन्डै १२ हजार ईभी

काठमाडौं – आर्थिक वर्ष २०८०/०८१ अर्थात गत एक वर्षको अवधिमा नेपालमा ११ हजारभन्दा बढी विद्युतीय गाडी (ईभी) भित्रिएका छन् । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ म ११ हजार ७०१ ईभी नेपाल भित्रिएका छन् ।

यो संख्या अघिल्लो वर्षको तुलनामा झन्डै तीन गुणाले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा कुल ४ हजार ५० विद्युतीय गाडी आयात गरिएको थियो ।

यी गाडीको आयात मूल्य २९ अर्ब ४८ करोड २७ लाख ९४ हजार रुपैयाँ छ । यसबाट सरकारले १३ अर्ब २८ करोड ६७ लाख १३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

सबैभन्दा धेरै ५१ देखि १०० किलोवाट क्षमताका ६ हजार ८८५ ईभी नेपाल भित्र्याइएको छ । दोस्रोमा ५० किलोवाट क्षमतासम्मका चार हजार ५७१ ईभी भित्रिएका छन् ।

भन्सार विभागको यो तथ्यांकमा कार, जिप र भ्यान मात्र समावेश गरिएको हो । इलेक्ट्रिक पिकअप र थ्री ह्विलर लगायतका अन्य ईभी भने यसमा समेटिएको छैन ।

विभागका अनुसार, उक्त अवधिमा चीनबाट मात्र ८ हजार ६५ विद्युतीय गाडी भित्र्याइएको छ । दोस्रोमा भारतबाट ३ हजार ३७७ विद्युतीय गाडी आयात गरिएको छ ।

५० किलोवाट सम्मका ईभी चीनबाट १ हजार ४१९ र भारतबाट ३ हजार २ युनिट भित्रिएका छन् । त्यसैगरी ५१ देखि १०० किलोवाट सम्मका ईभी चीनबाट ६ हजार ५५० र भारतबाट ३३३ युनिट मात्र भित्रिएका छन् । बाँकी अन्य देशबाट पनि थोरै मात्रामा मात्र भित्रिएका छन् ।

सरकारले १०० किलोवाट सम्मका ईभीमा थोरै मात्र कर लगाउने गरेको र यी गाडी धेरैले प्रयोग गर्ने भएकाले पनि यही सेगमेन्टका ईभी नेपाली बजारमा बढी भित्रिएको पाइन्छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय सवारी सुरक्षा : ‘आज ईभीमा, भोलि टीभीमा’ को भाष्य कसरी तोड्ने ?

विद्युतीय सवारी सुरक्षा : ‘आज ईभीमा, भोलि टीभीमा’ को भाष्य कसरी तोड्ने ?

नेपालमा विद्युतीय सवारी साधन (ईभी) को प्रयोग तीव्र गतिमा बढ्दो छ। पेट्रोल...

अब अर्को इलेक्ट्रिक बाइक नेपाली बजारमा

अब अर्को इलेक्ट्रिक बाइक नेपाली बजारमा

भारतीय कम्पनी जोय ई–बाइकका विभिन्न मोडल नेपाली बजारमा उपलब्ध भएका छन् । गत...

नामी नेपाल भित्रिएको १ वर्ष पुग्यो, अटो शोमै मनायो भव्य उत्सव

नामी नेपाल भित्रिएको १ वर्ष पुग्यो, अटो शोमै मनायो भव्य उत्सव

काठमाडौं, नेपाल – २३ अगस्ट, २०२५ – नामीले नेपालमा आफ्नो पहिलो मोडल नामी ०१...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...