जेनजी आन्दोलनमा जलेको थापाथलीस्थित टाटा शोरुम सञ्चालनमा

काठमाडौं– गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेको टाटा शोरुम आजदेखि सञ्चालनमा आएको छ । थापाथलीस्थित टाटा प्यासेन्जर कारको उक्त शोरुमलाई सिप्रदी ट्रेडिङ प्रालिले पुनःनिर्माण गरी सञ्चालनमा ल्याएको हो ।

आन्दोलनका क्रममा आगजनी हुँदा शोरुममा ठूलो क्षति पुगेको थियो । शोरुमभित्र राखिएका केही कार जलेर काम नलाग्ने अवस्थामा पुगेका थिए भने पूर्बाधार पूर्ण रुपमा ध्वस्त भएको थियो ।

सिप्रदीको प्यासेन्जर बिजनेस महाप्रबन्धक सावन्तजंग सिजापतिले जेनजी आन्दोलनमा जलेको शोरुमलाई ७० दिनको समयमा व्यस्थापन गरेर पुनःसञ्चालनमा ल्याउन सफल भएको बताए। 

भदौ २३ र २४ गते भएको आन्दोलनपछि शोरुममा धेरै क्षति पुगेको भन्दै यसलाई पहिलाको भन्दा अझै राम्रो र सुविधा सम्पन्न बनाउने लक्ष्य लिएर अगाडि बढेकोमा सोहीअनुसार तयार भएर सञ्चालनमा आएको उनको भनाइ छ।  उनले शोरुमबाट सबै ग्राहक सेवाहरु पनि उपलब्ध गराउने प्रतिबद्धता जनाए। भदौ २३ र २४ गते भएको घटनाले कुनै पनि प्रकारको मनोबल नघटेको उनको भनाइ छ।

सिप्रदी ट्रेडिङले ७० दिनमै शोरुमको पुननिर्माण गरी सञ्चालनमा ल्याएको हो । आगजनीबाट टाटा सहित सीजी मोटर्स, सुजुकी, महिन्द्रा र हुन्डाईका शोरुममा क्षति पुगेको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...