नयाँ टाटा पन्चको कठोर परीक्षण, गहिरो पानीदेखि ठाडो उकालोसम्म
टाटा मोटर्सले हालै पेश गरिएको नयाँ टाटा पन्चलाई अत्यन्तै कठोर परीक्षणमा...
टाटा मोटर्सले आफ्नो लोकप्रिय सब-फोर मिटर कम्प्याक्ट एसयूभी टाटा पन्चको फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ। किफायती मूल्यमा एसयूभीको अनुभव र उच्च सुरक्षाको संयोजनका कारण बजारमा सुपरहिट बनेको पन्च अब नयाँ अवतारमा झनै आकर्षक र प्रविधिसम्पन्न बनेर आएको छ।
नयाँ पन्च फेसलिफ्टको प्रारम्भिक एक्स–शोरूम मूल्य ५ लाख ६० हजार भारु तोकिएको छ। डिजाइन, फिचर, इन्जिन र सुरक्षाका दृष्टिले यसमा व्यापक सुधार गरिएको कम्पनीले जनाएको छ। पन्च फेसलिफ्ट अवको केही समयपछि नेपाली बजारमा समेत उपलब्ध हुनेछ । डिजाइन, फिचर र पावरट्रेनमै सुधार भएर आएका कारण कम मूल्यमा एक आकर्षक एसयूभी खरिद गर्न चाहने जोकोही ग्राहकको रोजाइमा यो एसयूभी पर्नसक्ने देखिन्छ । नेपाली बजारमा यसको सुरुवाती मूल्य ३० लाख हाराहारीबाट सुरु हुने अनुमान गर्न सकिन्छ ।
नयाँ पन्च फेसलिफ्ट पहिलेको मोडेलभन्दा अझ परिष्कृत र आकर्षक देखिन्छ। अगाडि भागमा अपडेटेड ग्रिल, स्प्लिट हेडल्याम्प डिजाइन र नयाँ डे–टाइम रनिङ लाइट (डीआरएल) जडान गरिएको छ। पछाडि कनेक्टेड टेलल्याम्प सेटअप र नयाँ बम्परले गाडीलाई आधुनिक लुक दिएको छ।
यसमा १६ इन्चसम्मका रिडिजाइन्ड अलोय व्हिल उपलब्ध छन्। १९३ एमएम ग्राउन्ड क्लियरेन्सका कारण खराब तथा उबड–खाबड सडकमा पनि सहज रूपमा चलाउन सकिने कम्पनीको दाबी छ। साथै, ९० डिग्रीसम्म खुल्ने ढोकाले भित्र पस्न र बाहिर निस्कन सजिलो बनाएको छ।
टाटा मोटर्सले नयाँ पन्च फेसलिफ्टमा इन्टेरियर र प्रविधिमा विशेष ध्यान दिएको छ। अब यसमा १०.२५ इन्चको नयाँ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ७ इन्चको फुल डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध छ। एसी कन्ट्रोलका लागि टच प्यानल दिइएको छ।
यसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, ८ स्पिकर साउन्ड सिस्टम, भ्वाइस–असिस्टेड इलेक्ट्रिक सनरुफ, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल र वायरलेस स्मार्टफोन चार्जर जस्ता सुविधा समावेश छन्। डुअल–टोन सिट डिजाइन र परिष्कृत क्यबिनले प्रिमियम अनुभूति दिन्छ।
नयाँ पंच फेसलिफ्टमा पहिलोपटक १.२ लिटर आई-टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ, जुन नेक्सनबाट लिइएर पन्च अनुसार ट्युन गरिएको हो। यो इन्जिनले ५५०० आरपीएममा १२० पीएस पावर र १७५०–४००० आरपीएममा १७० एनएम टर्क उत्पादन गर्छ। यसमा ६–स्पीड म्यानुअल ट्रान्समिसन उपलब्ध छ।
टर्बो भेरिएन्ट पावर र एक्सेलेरेसनका हिसाबले दमदार मानिएको छ। सहरको ट्राफिकदेखि हाइवे ड्राइभसम्म सहज प्रदर्शन गर्ने र ओभरटेक गर्दा पर्याप्त शक्ति दिने कम्पनीको दाबी छ। पावर मन पराउने ग्राहकका लागि यो उत्कृष्ट विकल्प बन्ने अपेक्षा गरिएको छ। साथै, सीएनजी पावरट्रेनको विकल्पले पनि ग्राहकलाई थप सुविधा दिएको छ।
टाटा मोटर्स सधैं सुरक्षामा जोड दिने कम्पनीका रूपमा परिचित छ, र नयाँ पन्च फेसलिफ्ट पनि यसबाट अलग छैन। यसमा ६ एयरब्याग, ईबीडीसहित एबीएस, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, ब्लाइन्ड–स्पट मोनिटर र ३६० डिग्री क्यामेरा जस्ता सुविधा समावेश छन्।
सबैभन्दा उल्लेखनीय कुरा भनेको यसले भारत एनक्याप क्र्यास टेस्टमा ५–स्टार सेफ्टी रेटिङ प्राप्त गरिसकेको छ। यसले ग्राहकको विश्वास अझ मजबुत बनाएको छ।
आरामका लागि अन्डर–थाई सपोर्टसहितका सिट, प्रिमियम फ्याब्रिक, अटोमेटिक हेडलाइट, रियर एसी भेन्ट, हाइट–एड्जस्टेबल ड्राइभर सिट र आर्मरेस्ट जस्ता सुविधा उपलब्ध छन्।
नयाँ पन्च फेसलिफ्ट स्मार्ट, प्योर, प्योर प्लस, एडभेन्चर, अकम्प्लिश्ड र अकम्प्लिश्ड प्लस ट्रिममा उपलब्ध छ। हाल २६ भेरिएन्ट बजारमा बिक्रीमा रहेका छन्। यसको एक्स–शोरूम मूल्य ५.६० लाख रुपैयाँदेखि १०.५५ लाख रुपैयाँसम्म रहेको छ।
टाटा मोटर्सले हालै पेश गरिएको नयाँ टाटा पन्चलाई अत्यन्तै कठोर परीक्षणमा...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...
नेपालमा हालै सार्वजनिक टाटा कर्भ ईभी चढेर भारतका ३ जनाले ४ हजार भन्दा बढी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...