रियलमीद्वारा ‘अचिभर रिटेल डिस्ट्रिब्युटर’ हरुलाई टीभीएस एनटर्क स्कुटर वितरण

काठमाडौँ – स्मार्टफोन ब्रान्ड रियलमीले आफ्ना ट्रेड पार्टनरहरुलाई स्कुटर वितरण गरेको छ । यस वर्षको दसैँको अवसर पारेर ल्याइएको रिटेल स्किम अन्तर्गत रियलमीको २५० भन्दा बढी स्मार्टफोन सेटहरु बिक्री गर्न सफल २१ विक्रेताहरुलाई टीभीएस एनटर्क स्कुटर उपहारको रुपमा प्रदान गरिएको हो ।

२१ मध्य ७ वटा स्कुटरहरु गत आइतबार नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सको नक्सालस्थित कर्पोरेट कार्यालयमा वितरण गरिएको थियो भने बाँकी सम्बन्धित स्थानमा नै वितरण गरिने कम्पनीले जनाएको छ ।

सो अवसरमा रियलमीका कन्ट्री हेड मुनिश गिरीले स्कुटर जित्न सफल सबै विक्रेताहरुलाई बधाई दिनुका साथै स्मार्टफोनहरु आम उपभोक्ताहरु माझ सहज रुपमा पु-याउन सहयोग गर्ने सम्पूर्ण विक्रेताहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा समेत सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

उक्त स्किम अन्तर्गत काठमाडौंको डिजी मल्टी ब्राण्ड शोरुम, युनिक मोबाइल हब, खुलाल ट्रेड लिंक, पिआर ट्रेडर्स, समिप मोबाइल र कालिन्चोक मोबाइलले स्कुटर प्राप्त गरे । दमकबाट अम्बे मोबाइल एन्ड इलेक्ट्रोनिक्स, बाग्लुङबाट गौरव इलेक्ट्रोनिक्स, हेटौँडाबाट न्यु युनिक वाच एन्ड मोबाइल सेन्टरले स्कुटर जित्न सफल भएका थिए ।

त्यस्तै गरी जनकपुरबाट एम टेक, ओम मोबाइल सेल्स एण्ड सर्भिस, सुनिल मोबाइल, सामसुङ मोबाइल् एन्ड इलेक्ट्रोनिक, वीरगन्जको सुजित मोबाइल सेन्टर र श्री गणेश मोबाइल सेन्टर, नेपालगन्जबाट किरण मोबाइल सेन्टर, धनगढीबाट न्यु सिम्रन ट्रेडर्स, न्यु रामेश्वरम सप्लायर्स र दाङको न्यु सभियोग मोबाइल शप र बुटवलबाट निश्चल मोबाइल सेन्टरले स्कुटर जित्न सफल भएका थिए ।

सम्बन्धित समाचारहरू

टीभीएसले नयाँ १६० सीसी म्याक्सी स्कुटर अर्को वर्ष लन्च गर्ने

टीभीएसले नयाँ १६० सीसी म्याक्सी स्कुटर अर्को वर्ष लन्च गर्ने

टीभीएसले भारतीय टु ह्विलर बजारमा नयाँ १६० सीसीको म्याक्सी स्कुटर विकास...

आरपी सिरिजमा आयो टीभीएसको मोटरसाइकल : थप पावरफुल, २ सय युनिट मात्र बिक्री गरिने

आरपी सिरिजमा आयो टीभीएसको मोटरसाइकल : थप पावरफुल, २ सय युनिट मात्र बिक्री गरिने

नयाँ आरपी मोनिकरको टिजर सार्वजनिक गरेको दुई दिनमै टीभीएसले नयाँ मोटरसाइकल...

स्याङजाको वद्खोलामा टिभिएसको नयाँ शोरुम

स्याङजाको वद्खोलामा टिभिएसको नयाँ शोरुम

टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक वितरक जगदम्वार मोटर्सले स्याङजाको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...