रोयल इन्फिल्ड हिमालयन ४५० मा हुनेछन् यी नयाँ विशेषता

रोयल इन्फिल्डले छिट्टै लन्च गर्ने तयारी थालेको हिमालयन ४५० अहिले अफरोड मोटरसाइकल पारखीमाझ चासोको विषय वनिरहेको छ । सो नयाँ मोटरसाइकलमा कम्पनीले पहिलोपटक लिक्विड कुल्ड इन्जिन दिएको छ । यसमा जडान भएकोे ४५२ सिसी क्षमताको सिंगल सिलिन्डर इन्जिनले ४० बीएचपी पावर र ४० एनम नै टर्क जेनेरेट गर्दछ ।

साथै सोही नयाँ मोटरसाइकल मार्फत कम्पनीले पहिलो पटक सिंगल सिलिन्डर इन्जिनमा ६ स्पिड गियरवक्स दिएको छ । सो ब्रान्डको सिंगल सिलिन्डरमा यसअघि ५ स्पिड गियरवक्स मात्र उपलब्ध रहेको थियो । ६ स्पिड गियरवक्स जडान भएपछि यसलाई उच्च गतिमा हाँक्न सकिन्छ ।

सिंगल सिलिन्डरमा पहिलोपटक कम्पनीले हिमालयन ४५० मार्फत नै यूएसडी फ्रन्ट पर्क दिएको छ । यसअघि रोयल इन्फिल्डले सुपर मेटियर ६५० मा मात्र यूएसडी फ्रन्ट फर्क दिएको थियो ।

सो नयाँ मोटरसाइकलमा कम्पनीले नयाँ गोलकार टिएफटी इन्स्ट्रयूमेन्ट स्क्रिन दिएको छ । रोयल इन्फिल्डको यसअघिका मोटराइकलमा ट्रिपर डिस्प्ले उपलब्ध रहँदै आएको थियो । सो नयाँ स्क्रिनले गुगल म्याप, म्यूजिक कन्ट्रोल, टेलिफोन कन्ट्रोल, कम्पास लगायत अन्य कनेक्टेड टेक्नोलोजिलाई सपोर्ट गर्दछ ।

रोयल इन्फिल्डको लाइनअपमा हिमायलयन ४५२ मात्र एक यस्तो मोटरसाइकल हुनेछ, जसमा पूर्णत एलईडी लाइट जडान गरिनेछ । यसको हेडलाइट यूनिट सुपर मेटियर ६५० को जस्तै छ । साथै यसमा एड्भेन्चर टुरका लागी भनेर छुट्टै लाइट समेत उपलब्ध हुने अनुमान गरिएको छ ।

एक अब्बल अफरोड मेसिनका रुपमा आउन लागेको सो नयाँ मोटरसाइकलको अगाडी २१ इन्च र पछाडी १७ इन्चको वायर–स्पोक ह्विल पाउन सकिन्छ । यसको दुवै चक्कामा सिएट ब्रान्डको डुअल–प्रापोज ट्यूव टायर जाडन गरिएको छ । साथै यसमा लङ ट्राभल सस्पेन्सन, स्विचवेल एविएस, अपस्वेप्ट एक्जस्ट र अफरोड पेग लगायत फिचर दिइएको छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डले ल्याउँदै छ स्क्र्याम्बलर बाइक, ‘स्क्राम’ नाम हुन सक्ने

रोयल इन्फिल्डले ल्याउँदै छ स्क्र्याम्बलर बाइक, ‘स्क्राम’ नाम हुन सक्ने

रोयल इन्फिल्डले हालै नयाँ बाइकको नाम पेटेन्ट गरेको छ र यसको नाम ‘स्क्राम’...

जावाको आयोजनामा नगरकोट सम्म लिजेन्ड्स राइड डे आयोजना

जावाको आयोजनामा नगरकोट सम्म लिजेन्ड्स राइड डे आयोजना

काठमाडौं – नेपालमा जावा मोटरसाइकलको आधिकारिक वितरक अग्नि मोटोइंकले...

बिएस६ भर्सन भित्रिएसंगै एउटै मोडलमा ७० हजार रुपैयाँ सम्मले बढ्यो जावा बाइकको मूल्य

बिएस६ भर्सन भित्रिएसंगै एउटै मोडलमा ७० हजार रुपैयाँ सम्मले बढ्यो जावा बाइकको मूल्य

जावा मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक अग्नी मोटो इंकले जावा र जावा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...