रोयल इन्फिल्ड क्लासिक ३५० सिंगल डिस्कको मूल्य अब ५ लाख २० हजार

काठमाडौं – नेपाली बजारमा उपलब्ध रोयल इन्फिल्ड क्लासिक ३५० को मूल्य बढेको छ । पहिले ४ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको सो मोटरसाइकलको मूल्य अब ५ लाख २० हजार रुपैयाँ पुगेको छ ।

नेपालमा रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले सो नयाँ मूल्य कायम गरेको जनाएको छ ।

अल्फा अटोमोटिभले डबल डिस्कमा रहेका रोयल इन्फिल्ड क्लासिक ३५० को क्रोम र डार्क एडिसनको मूल्य पनि केही दिन पहिले बढाएको थियो । क्रोम एडिसनको मूल्य ५ लाख ३० हजारबाट ५ लाख ५५ हजार र डार्क एडिसनको मूल्य ५ लाख २५ हजारबाट ५ लाख ५० हजार रुपैयाँ पुगेको थियो ।

नेपाली बजारमा अल्फा अटोमोटिभले गत जेठ महिनामा पहिलो पटक क्लासिक ३५० मोडल लन्च गरेको थियो । त्यो समयमा सिंगल डिस्क क्लासिक ३५० लन्च गरेकोमा गत भदौमा सम्पन्न नाडा अटो शोमार्फत डबल डिस्कयुक्त क्लासिक ३५० क्रोम र डार्क एडिसन सार्वजनिक गरेको थियो ।

क्लासिक ३५० मा ३४९ सीसी क्षमताको एफआई इन्जिन रहेको छ, जसले २० पीएस पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ ।

टाइमलेस स्टाइलिङ डिजाइनमा रहेको यी मोटरसाइकलमा हेलोजन लाइट, एनालग डिजिटल इन्स्ट्रयुमेन्ट मिटर, यूएसबी चार्जिङ पोर्ट, लामो मेटल एक्जस्ट, वाइडर सीट, वाइडर टायर, ट्युबलेस टायर, स्पीड सेन्सर, टेलिस्कोपिक सस्पेन्सन र ट्वीन सक एब्जर्बर जस्ता फिचरहरू पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

रोयल इन्फिल्डको रोपाई राइड सम्पन्न

रोयल इन्फिल्डको रोपाई राइड सम्पन्न

रोयल इन्फिल्ड मोटरसाइकलको बारा पर्साका लागि आधिकारिक विक्रेता नोभस...

रोयल इन्फिल्डले ३ नयाँ बाइक ल्याउने

रोयल इन्फिल्डले ३ नयाँ बाइक ल्याउने

रोयल इन्फिल्डले ३ वटा नयाँ बाइक ल्याउने तयारी गरिरहेको छ । यसबारे कम्पनीले...

रोयल इन्फिल्ड बुलेट ३५० थप उपकरण सहित लन्च हुँदै, पहिले नै डिटेल्स लिक

रोयल इन्फिल्ड बुलेट ३५० थप उपकरण सहित लन्च हुँदै, पहिले नै डिटेल्स लिक

रोयल इन्फिल्डको लोकप्रिय बाइक बुलेट विगत केही दशकदेखि सबैको मनपर्ने बाइक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...