२५ लाखसम्मको अटो कर्जामा जोखिमभार अव १०० प्रतिशत

काठमाडाैँ -२५ लाखसम्मको अटो कर्जामा जोखिमभार घटेको छ । नेपाल राष्ट्र वैंकले मौद्रिक नीतिमार्फत ल्याएको उक्त व्यवस्था कार्यन्वयनका लागि शुक्रबार परिपत्र जारी गर्दै २५ लाखसम्मको अटो कर्जाको जोखिमभार १०० प्रतिशत कायम गरेको हो । यसअघि सवै प्रकारका निजी गाडीको अटो कर्जामा जोखिमभार १५० प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकले ल्याएको यो नयाँ प्रावधानले साना र सस्ता गाडीमा कर्जा प्रोत्साहन हुने देखिएको छ भने ठूला र मंहगा गाडीमा जाने कर्जालाई कडाई गर्न खोजिएको प्रष्ट हुन्छ । हाल कम्वसन गाडीमा वैंकहरुले ५० प्रतिशतसम्म मात्र कर्जा दिन पाउने सुविधा रहेको छ भने इलेक्ट्रिकमा ८० प्रतिशतसम्म कर्जा दिन पाउनेछन् ।

जसअनुसार ५० लाख रुपैयाँसम्म मूल्य पर्ने कम्वसन र १ करोड २५ लाखसम्म पर्ने इलेक्ट्रिक गाडीमा दिइने कर्जामा वैंकहरुको जोखिमभार कम भएको हो । यसले वैंकहरुलाई कर्जा प्रवाह गर्न सहज बनाएको छ । कर्जा सहज वनेसंगै यो सेग्मेन्टका गाडीको बिक्रीमा केही हदसम्म सुधार आउने भएपनि ठूला र महंगा गाडीमा जोखिमभार १५० प्रतिशत नै कायम रहेका कारण यस्ता गाडीमा कर्जा दिन वैंकहरुले कडाई गर्ने व्यवसायीहरुको भनाई छ ।

सम्बन्धित समाचारहरू

एभरेष्ट बैंकले प्युजो र सिट्रोन गाडी किन्नेलाई सस्तो दरमा सजिलै कर्जा दिने

एभरेष्ट बैंकले प्युजो र सिट्रोन गाडी किन्नेलाई सस्तो दरमा सजिलै कर्जा दिने

काठमाडौं – प्युजो र सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला...

हुन्डाई गाडी किन्न नविल बैंकले सस्तो दरमा अटो लोन दिने

हुन्डाई गाडी किन्न नविल बैंकले सस्तो दरमा अटो लोन दिने

काठमाडौं – नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा...

एमएडब्लू हायर पर्चेजले पायो उत्कृष्ट करदाताको सम्मान

एमएडब्लू हायर पर्चेजले पायो उत्कृष्ट करदाताको सम्मान

आन्तरिक राजश्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेज प्रालिलाई यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...