राजेश, निखिल, करिश्मा, दुर्गेश र एलिजाको सवारी : स्पोर्टेज, क्रेटा, किक्स र ब्रेजा

कुनैबेला महंगो विलाशी वस्तुमा गनिने कार अहिले नेपालीहरुका लागि आवश्यकताको साधन बन्न पुगेको छ । अझै नेपाली कला जगत्का कलाकारहरुको हकमा भन्ने हो निजी कार नभएका कलाकार बिरलै छन् ।

छिटो पुग्नुपर्ने, एकैदिन धेरै काम गर्नुपर्ने र आप्mनो व्यक्तित्व झल्काउनका लागि कलाकारहरुलाई कारको आवश्यकता पर्ने गरेको कलाकारहरु बताउँछन् । नेपाल अटोले कुन कलाकारले कस्तो कार प्रयोग गर्छन् भन्ने बारेमा खोजी गरेको छ ।

महानायक राजेश हमालले विगत १२ वर्षयता कियाको स्पोर्टेज गाडी चढ्दै आएका छन् । १२ वर्ष अघि उनी जिप गाडी खोजिरहेका थिए । कियाको स्पोर्टेज जिप र आफूलाई चाहिएको साइजमा फेला परेपछि यो चढ्न सुरु गरेको हमाल बताउँछन् । ‘म १२ वर्ष अघि जिप खोजिरहेको थिएँ,’ उनले भने, ‘त्यहिबेला कियाको गाडी मनप¥यो ।’ अहिले उनी देशका विभिन्न कार्यक्रम तथा मेला महोत्सव होस् या सुटिङहरुमा आफ्नै गाडीमा पुग्ने गर्छन् ।

अभिनेता निखिल उप्रेती यतिबेला हुन्डाइको क्रेटा गाडी चढिरहेका छन् । कारका सौखिन निखिलले यो कार करिव ५ वर्ष पहिले खरिद गरेका हुन् । सुरुमा मोटरसाइकलबाट सुरु भएको उनको निजी कार यात्रा हुन्डाई स्यान्ट्रोबाट सुरु भएको हो ।

अभिनय यात्रामा स्थापित हुँदै गर्दा उनलाई निजी गाडीको आवश्यकता परेपछि उनले सेकेन्ड ह्यान्डको स्यान्ट्रो कार १२ लाख रुपैयाँमा किनेका थिए । स्यान्ट्रो २ वर्ष चढेपछि उनले डाइहात्सुको टेरियस पुरानो मोडल खरिद गरे । यो गाडी पनि उनले करिव १ वर्ष जस्तो चढे । त्यसपछि डाइहात्सुकै नयाँ ब्रान्डको कार किनेको उनी बताउँछन् ।

नेपाली चलचित्र क्षेत्रमा जमिरहेकै बेला निखिल केही समयका लागि इन्डिया प्रस्थान गरे । त्यहाँ उनले महिन्द्रा एक्सयूभी ५०० चढे । भारतबाट फर्किएपछि उनले हालको क्रेटा खरिद गरेका हुन् । उनी अब नयाँ मोडलको क्रेटा खरिद गर्ने सोंचमा छन् ।

अभिनेत्री करिश्मा मानन्धर निसानको किक गाडी चढ्छिन् । उनले यो गाडी १ वर्ष पहिले खरिद गरेकी हुन् । ड्राइभिङमा सौखिन रहेकी मानन्धरले यो गाडी किनेपछि काठमाडौंदेखि पोखरासम्मको लामो यात्रा गरेकी छिन् ।

उनले यसअघि हुन्डाई आइ टेन र हुन्डाई आइ ट्वान्टी चढेकी थिइन् । अहिले चढिरहेको किकको लुक्स, लक्जरियस, भित्री डेकोरेसन मनपर्ने उनी बताउँछिन् । साथै, उनको बसाई गोदावरी भएकाले बाटोका कारण पनि किक सहज भएको उनको अनुभव छ ।

पछिल्लो पुस्ताका चर्चित गायक दुर्गेश थापा हुन्डाईको क्रेटा चढिरहेका छन् । उनले यो गाडी २ वर्ष पहिले खरिद गरेका हुन् । उनले त्यतिबेला ४७ लाख रुपैयाँमा यो कार खरिद गरेका थिए । त्यतिबेला उनले २० प्रतिशत डाउनपेमेन्ट र ८० प्रतिशत फाइनान्स गरेर गाडी निकालेका थिए ।

दुर्गेशले यो गाडीमा सुदुरपश्चिम र पूर्वको झापासम्मको लामो यात्रा गरेका छन् । क्रेटाको लुक्स, डेकोरेसन, माइलेज निकै मनपर्ने उनी बताउँद्धन् । ‘क्रेटा आरामदायी पनि छ, साथै यसको डिकी ठूलो हुने भएकाले सुटिङ अथवा कार्यक्रममा जाँदा सामानहरु राख्न पनि सजिलो हुन्छ,’ उनी भन्छन्, ‘ कच्ची बाटोहरुमा पनि सहजै जान सक्ने क्षमता भएकोले मलाई यसले लोभ्याइरहेको छ ।’

पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त रहेकी अभिनेत्री तथा मोडल एलिजा गौतम यतिबेला सुजुकीको ब्रेजा गाडी चढ्छिन् । यो गाडी तीन महिना अघि उनको बुबाले किनिदिएका हुन् । अहिले उनले ड्राइभिङ नसिकेको हुनाले ड्राइभर राखेकी छिन् । ब्रेजाको पिकअप, हाइट, लुक्स राम्रो लाग्ने उनी बताउँछिन् । गाडी किनेपछि पोखरासम्म लामो यात्रा गरेको उनले सुनाइन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...