राजन पिया नासा नेपाल बागमती प्रदेश अध्यक्षमा चयन

चितवन – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) बागमती प्रदेशको अध्यक्षमा चितवनका राजन पिया चयन भएका छन् । बागमती प्रदेशको ७ जिल्लाका प्रधिनिधिहरुको चितवनको नारायणघाटमा सम्पन्न भएको भेलाले चितवनका पियाको अध्यक्षतामा १३ सदस्यीय प्रदेश संघ चयन गरेको हो ।

बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्य लाल भण्डारी तथा एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराईको उपस्थितिमा सम्पन्न सो भेलाले प्रदेश संघको चयनसँगै वार्षिक कार्यक्रम अनुमोदन, सदस्यता वितरण तथा भरतपुर महानगरपालिकासँग सडक सुरक्षाका लागि सहकार्य गर्ने लगायतका निर्णयहरु गरेको छ ।

भेलाले काभ्रेका दिपेश योगल श्रेष्ठ, चितवनका गोपाल भट्टराई, काठमाडौँका कुन्दन श्रेष्ठ, चितवनका यस पौडेल, धादिङ्गका इन्द्र त्रिपाठी, चितवनका जनक ढकाल, सिन्धुलीका गोबर्दन राज कोजु, मकवानपुरका रञ्जन श्रेष्ठ, चितवनका देबेन्द्र अधिकारी, दोलखाका नजरमान मानन्धर, चितवनका प्रसिद्ध रिजाललाई समेत सदस्य चयन गरेको छ । त्यसै गरी रोड सेफ्टीबाट इन्जिनियर पुरन सुवेदी र महिलामा सोमा श्रेष्ठ काभ्रे र सुनिता रेग्मी चितवन चयन भएका छन् ।

मोटर र मोटरसाइक्लिङ स्पोर्ट्स, अटोमोबाइल मोबिलिटी तथा ड्राइभ टुरिजम र सडक सुरक्षाको क्षेत्रमा क्रियाशील रहने गरि ढेड दशक अगडि स्थापित नासा नेपालले हाल विभिन्न प्रदेश संघहरु गठन गरिरहेको बताएको छ ।

सम्बन्धित समाचारहरू

नासा नेपालको कार्यक्रम एक्सप्लोर द ट्रयाक सम्पन्न

नासा नेपालको कार्यक्रम एक्सप्लोर द ट्रयाक सम्पन्न

नेपाली राइडर्स तथा ड्राइभर्सहरुलाई विश्वस्तरिय ज्ञान, सीप र प्रविधि...

आज मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय अन्तरक्रिया हुने

आज मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय अन्तरक्रिया हुने

काठमाडौं – नेपालमा पहिलो पटक मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी उच्च स्तरीय...

टुँडीखेलदेखि धुलिखेलसम्म साइकल र्याली सम्पन्न

टुँडीखेलदेखि धुलिखेलसम्म साइकल र्याली सम्पन्न

काठमाडौं – नासा नेपाल र साइकल कल्चर मुभमेन्ट नेपाल तथा धुलिखेल नगरपालिका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...