किन किन्नु हुँदैन ‘आर एन्ड डी’ नभएको इलेक्ट्रिक स्कुटर ?

नेपालमा इलेक्ट्रिक सवारी साधनको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ । वातावरणमैत्री र लागत बचतको कारणले गर्दा उपभोक्ताहरु पेट्रोल सवारी साधन छोडेर इलेक्ट्रिक स्कुटरप्रति आकर्षित भइरहेका छन् । तर, यस बृद्धिसँगै एक गम्भीर चुनौती पनि आएको छ—आर एन्ड डी (अनुसन्धान र विकास) नभएका स्कुटरहरूको बजारमा बढ्दो उपस्थिति ।

‘आर एन्ड डी’ के हो र किन आवश्यक छ ?
आर एन्ड डी भनेको अनुसन्धान र विकास हो, जसको माध्यमबाट कुनै पनि कम्पनीले आफ्नो उत्पादनको गुणस्तर सुधार गर्ने र नयाँ प्रविधि प्रयोग गर्ने प्रयास गर्छ । इलेक्ट्रिक स्कुटरजस्तो प्रविधिमा ‘आर एन्ड डी’ ले ठूलो भूमिका खेल्छ । यो ग्राहकको सुरक्षादेखि लिएर सवारी साधनको दिगोपन र कार्यक्षमता कायम गर्न आवश्यक छ ।

‘आर एन्ड डी’ भएका स्कुटरहरूमा ग्राहकको आवश्यकताअनुसार डिजाइन, उन्नत मोटर प्रणाली, ब्याट्रीको आयु, तथा विभिन्न सुरक्षा सावधानीमा ध्यान दिइएको हुन्छ । यस्ता स्कुटरहरू चलाउन सुरक्षित र भरपर्दो हुन्छन् ।

‘आर एन्ड डी’ नभएका स्कुटरका समस्या
नेपालमा केही आयातकर्ताहरूले ‘आर एन्ड डी’ नभएका स्कुटरहरू चीन र भारतबाट सस्तो मूल्यमा ल्याएर बिक्री गर्दै आएका छन् । भारतका केही कम्पनीहरूले चीनबाट सस्तोमा पाट्र्स ल्याएर भारतमा एसेम्बल गर्ने र ‘मेड इन इन्डिया’ लेखेर नेपालमा बेच्ने गरेको पनि पाइन्छ ।

नेपाल मै पनि कतिपय एसेम्बल गर्ने कम्पनी समेत खुलिसकेका छन् । इलेक्ट्रिक स्कुटर एसेम्बल गर्ने कुनै पनि कम्पनीको नेपालमा ‘आर एण्ड डि’ विभाग नै छैन । विभिन्न अलग अलग भेन्डरबाट अलग अलग सामान ल्याएर जुगाडमा जोडजाड गरेर स्कुटर तयार गर्ने चलन छ ।

यस्ता स्कुटरले प्रारम्भिक समयमा काम गरे पनि दीर्घकालीन प्रयोगका लागि उपयुक्त हुँदैनन् । आर एन्ड डी नभएका स्कुटरहरूले निम्न समस्याहरू निम्त्याउन सक्छन्

गुणस्तरहीन उत्पादनः यस्ता स्कुटरमा कम गुणस्तरका पाट्र्स प्रयोग गरिएको हुन्छ, जसले छोटो समयमै बिग्रने सम्भावना हुन्छ ।

सुरक्षामा खतराः आर एन्ड डी अभावका कारण यस्ता स्कुटरहरु अत्यन्तै असुरक्षित हुन सक्छन् । ब्रेकिङ सिस्टम, मोटर पावर, र ब्याट्रीको गुणस्तर तथा सावधानी कायम गर्न सक्दैनन् ।

ग्राहकका लागि सुझाव
इलेक्ट्रिक स्कुटर खरिद गर्दा ब्रान्डको विश्वसनीयता, सर्भिस सुविधा, गुणस्तरको प्रमाणपत्र, र ग्राहक समीक्षा जस्ता कुराहरूलाई प्राथमिकता दिनुपर्छ । ‘आर एन्ड डी’ मा लगानी गर्ने र बजारमा राम्रो पहिचान भएका ब्रान्डहरूबाट मात्र स्कुटर किनेर आफ्नो लगानी सुरक्षित गर्नु बुद्धिमानी हुन्छ ।

सम्बन्धित समाचारहरू

नेपालमा लन्च भयाे दिपल एस०५, मूल्य कति ?

नेपालमा लन्च भयाे दिपल एस०५, मूल्य कति ?

नेपालका लागि दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले लक्जरी, स्टाइल र...

डीएफएसकेले ल्यायो मनसुन अफर, १० लाख डाउनपेमेन्ट, ३ लाख ५० हजार नगद छुट

डीएफएसकेले ल्यायो मनसुन अफर, १० लाख डाउनपेमेन्ट, ३ लाख ५० हजार नगद छुट

काठमाडौं – डीएफएसके ब्रान्डको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल...

एमभी दुगड ग्रुप पुनः मोटरसाइकल व्यापारमा फर्किदै, रिभोल्ट इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने

एमभी दुगड ग्रुप पुनः मोटरसाइकल व्यापारमा फर्किदै, रिभोल्ट इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने

काठमाडौं – एमभी दुगड ग्रुप पुनः मोटरसाइकल व्यापारमा फर्किने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...