जेके टायरले ल्यायो हावा ननिस्कने पन्चर गार्ड टायर, के हो पन्चर गार्ड ?

जेके टायरले चार पाङ्ग्रे सवारीका लागि पन्चर गार्ड टायर लन्च गरेको छ । जेके टायरले बजारमा उपलब्ध नयाँ पुस्ताका कारहरूका लागि पन्चर गार्ड टायर सहित उद्योगमा क्रान्तिकारी परिवर्तन गर्ने लक्ष्य राखेको बताएको छ ।

पन्चर गार्ड टायर विशेष रूपले तयार गरिएको सेल्फ–हिलिङ इलास्टोमर इनर कोटको साथ उपलब्ध हुन्छ । यस प्रविधिको सहायताले टायरले ६ मिलिमिटर व्याससम्मको धारिलो वस्तुबाट हुने पन्चरलाई मर्मत गर्न सक्छ । यसले एकै पटकमा धेरै पन्चरहरू मर्मत गर्न सक्छ ।

कम्पनीले यसको सुरक्षित सवारी सुनिश्चित गर्नका लागि अन–रोड र अफ–रोडमा पन्चर गार्ड टायरको परीक्षण गरेको थियो । जेके टायर एन्ड इन्डस्ट्रिज लिमिटेड विश्वको शीर्ष २५ उत्पादक मध्ये एक हो ।

रेडियल टेक्नोलोजीमा अग्रणी कम्पनीले १९७७ मा पहिलो रेडियल टायर उत्पादन गरेको थियो । कम्पनीले यात्रुवाहक सवारी, व्यावसायिक सवारी, कृषि, अफ–रोड सवारी, दुई र तीन पाङ्ग्रे सवारी साधनका लागि टायर उत्पादन गर्छ ।

जेके टायर १०५ भन्दा बढी देशमा उपलब्ध छ । कम्पनीसँग विश्वव्यापी रूपमा १२ बेन्चमार्क उत्पादन सुविधाहरू छन्, जसमा ९ भारतमा र ३ मेक्सिकोमा छ । कम्पनीले सामूहिक रूपमा वार्षिक करिब ३ करोड ५० लाख टायर उत्पादन गर्छ ।

जेके टायरले भारतको पहिलो स्मार्ट टायर प्रविधिको लन्च गरेको थियो र टायर प्रेसर मोनिटरिङ सिस्टम सार्वजनिक गरेको थियो । यसले चाप र तापक्रम लगायत टायरको महत्वपूर्ण डाटा निगरानी गर्छ । कम्पनीले हालै २ करोड ट्रक÷बस रेडियल टायरको उत्पादन गरेको थियो ।

जेके टायर सन् २०१९ मा लगातार सातौं वर्ष सुपर ब्रान्ड इन्डियाको सूचीमा समावेश हुने एक मात्र भारतीय टायर निर्माता हो ।

सम्बन्धित समाचारहरू

कोलकाताबाट लण्डन जाने क्रममा नेपाल आइपुगे ‘द रोडिसी’ का यात्रु, नेपालमा गरियो स्वागत

कोलकाताबाट लण्डन जाने क्रममा नेपाल आइपुगे ‘द रोडिसी’ का यात्रु, नेपालमा गरियो स्वागत

काठमाडौं – कुनै बेला कोलकाताबाट लण्डन सम्म जाने बस यात्राको सम्झनामा ९ जना...

वर्षायाममा कति हुनुपर्छ कारको टायर प्रेसर ? अधिकांश ड्राइभरलाई थाहा नभई हुन्छ दुर्घटना

वर्षायाममा कति हुनुपर्छ कारको टायर प्रेसर ? अधिकांश ड्राइभरलाई थाहा नभई हुन्छ दुर्घटना

मनसुन सुरु भइसकेको छ । मनसुनमा गाडी चलाउँदा विशेष सावधानी अपनाउनु आवश्यक...

सिंघानिया बने अटोमोटिभ टायर निर्माता संघको अध्यक्ष

सिंघानिया बने अटोमोटिभ टायर निर्माता संघको अध्यक्ष

भारतको अटोमोटिभ टायर निर्माता संघ (एटीएमए) को नयाँ अध्यक्षको रुपमा अंशुमान...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...