पल्सर एनएस अब १२५ सीसीमा सार्वजनिक, मूल्य र बिशेषता यस्तो

भारतीय बजारमा आज पल्सर एनएस १२५ सार्वजनिक गरिएको छ । पल्सर सिरिजको सबैभन्दा कम सीसी क्षमताको यो बाइकको लुक्स तथा डिजाइन यसअघिको एनएस १६० र एनएस २०० बाट प्रेरित छ । यससँगै एनएस सिरिजमा बजाजको संख्या तीन पुगेको छ ।

यो बाइकको मूल्य भारतीय बजारमा ९३ हजार ६ सय ९० भारु निर्धारण गरिएको छ । जुन एनएस १६० को तुलनामा १६ हजार र १२५ पल्सरको तुलनामा २० हजार भारुले बढी हो । कम सीसी क्षमताको भएपनि यसको लुक्स तथा डिजाइन भने १६० एनएसको जस्तै देखिन्छ ।

यो बाइकमा टु भल्वयुक्त एयुकुल्ड इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर १२ एचपी र टर्क ११ एनएम रहेको छ । १२५ सीसी इन्जिनमा यति धेरै पावर र टर्क उपलब्ध गराइएका कारण बाइकको पर्फमेन्स उच्च रहने कम्पनीले बताएको छ ।

अगाडिको चक्कामा डिस्क र पछाडि ड्रम ब्रेक दिइएको यो बाइकको तौल १६० एनएसको तुलनामा ७ किलोग्राम मात्र कम छ । १२ लिटर इन्धन ट्यांकी रहेको बाइकले प्रतिलिटर इन्धन खपतमा ४० किलोमिटर बढी माइलेज दिने दाबी गरिएको छ ।

यो बाइक अबको केही दिनभित्र नेपाली बजारमा समेत उपलब्ध हुने र मूल्य २ लाख ७० हजार भन्दा बढी पर्ने अनुमान लगाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने

सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने

सिन्धुलीमा ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ हुने भएको छ । जेठ २१ गतेदेखि जेठ...

नवविवाहित जोडीलाई लक्षित बजाजको नयाँ अफर’ अफर, ७ हजारसम्म नगद छुट

नवविवाहित जोडीलाई लक्षित बजाजको नयाँ अफर’ अफर, ७ हजारसम्म नगद छुट

काठमाडौं–बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर...

नक्सालमा चेतकको स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन, एकै छानामुनि यस्तो सुबिधा

नक्सालमा चेतकको स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन, एकै छानामुनि यस्तो सुबिधा

काठमाडौं–बजाज चेतकले नक्सालमा नयाँ स्टेट–अफ–द–आर्ट एक्सपेरियन्स जोन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...