प्रतिवन्ध कायमै रहँदा पनि कसरी सार्वजनिक भयो नेपालमा पल्सर एन २५०, यस्तो छ कारण

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पल्सर सिरजमा सवैभन्दा ठूलो इन्जिन जडित वाइक एन २५० सार्वजनिक गर्यो । विगत ६ महिना यता पेट्रोलियम पदार्थबाट चल्ने १५० सिसी माथीका मोटरसाइकल र सवै प्रकारका प्यासेन्जर कार, जीप तथा भ्यानको आयतमा प्रतिवन्ध लाग्दै आएपनि यो मोटरसाइकल भने केही समयअघिमात्र सार्वजनिक भएको हो ।

वजाजका मोटरसाइकल नेपालमै एसेम्वल हुँदै आइरहेको र अनएसेम्वल अबस्थामा आयत हुने किटमा प्रतिवन्ध नलागेका कारण यो नयाँ मोटरसाइकल प्रतिवन्धका वावजुत पनि नेपालमा सार्वजनिक हुन सकेको हो । नेपालस्थित बिक्रेता कम्पनीले भारतबाट अनएसेम्वल अबस्थामा रहेका पार्टपूर्जा आयत गरी बजाजका सवैजसो मोडललाई नेपालमै एसेम्वल गरी बिक्री वितरण गर्दै आइरहेको छ । मोटरसाइकल सार्वजनिक भएसंगै कम्पनीले अहिले यसको वुकिङ लिइरहेको छ ।

४ लाख ९० हजार रुपैयाँ मूल्य तोकिएको यो नयाँ वाइकमा २४९ सीसी सिगंल सिलिन्डर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, आयल कुल्ड, एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम २४.५ पीएस पावर र २१.५ एनएम टर्क जेनेरेट गर्दछ । यसमा ५ स्पिड गियर वक्स जडान गरिएको छ ।

युवा राइडरलाई लक्षित गरी निर्माण गरिएको यसको फ्रन्ट लुक्स निकै बोल्ड र स्पोर्टी देखिन्छ । मोटरसाइकलमा दिइएको मस्कुलर सेमी डिजिटल कन्सोलमा डिजिटल ट्रिप मिटर, स्पीडोमिटर, गियर इन्डिकेटर, फ्युल वार्निङ इन्डिकेटर, फ्युल गज, क्लक, ट्रिप मिटर काउन्ट जस्ता फिचर सामेल गरिएका छन् ।

दुवै चक्कामा डिस्क व्रेक र डवल च्यान एविएस समेत दिइएको यसको ग्राउन्ड क्लिरिेयन्स १६५ एमएम रहेको छ भने ह्वीलवेस १३५१ एमएम र सिट हाइट ७९५ एमएम रहेको छ । आरामदायी यात्राको लागि मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपीक सस्पेन्सन र पछाडि निट्रोक्स मोनोसक दिएको छ । मोटरसाइकलमा दुबैतर्फ १७ इन्चको अलोय ह्वील छ ।

सम्बन्धित समाचारहरू

यी ५ विशेषताले सुसज्जित छ २०२४ बजाज पल्सर एनएस४००जेड

यी ५ विशेषताले सुसज्जित छ २०२४ बजाज पल्सर एनएस४००जेड

बजाज अटोले हालै पल्सर एनएस४००जेड लन्च गरिसकेको छ। यो कम्पनीको पल्सर...

आयो नयाँ बजाज पल्सर एन१६०

आयो नयाँ बजाज पल्सर एन१६०

बजाजले अन्ततः लामो समयको परीक्षण पछि पल्सर एन१६० लाई १ लाख २३ हजार भारुमा...

२ लाख देखि २ लाख २५ हजार हाराहारीका चल्तीका मोटरसाइकल : माइलेज पनि धेरै

२ लाख देखि २ लाख २५ हजार हाराहारीका चल्तीका मोटरसाइकल : माइलेज पनि धेरै

नेपाली बजारमा पछिल्लो समयमा सवारी साधनको मूल्य समेत लगातार रुपमा बढिरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...